हिन्दुराष्ट्र स्थापनाको माग गर्दै नेपाल राष्ट्रवादी समूहले जनकपुरधाममा प्रदर्शन गरेको छ । शनिवार जनकपुरधामको जनक चोकबाट सुरु भएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
र्यालीमा हिन्दु राष्ट्र कायम गर, अयोध्या जनकपुरधाम सम्बन्ध बिगार्न पाइँदैन, ‘धर्म र आस्था माथिको राजनीति बन्द गर’, ‘हिन्दुत्व नै राष्ट्रियता हो’, ‘धर्म निरपेक्षता मुर्दावाद’, ‘तथ्यहीन विवाद बन्द गर’, ‘केपी ओली मुर्दावाद’, ‘गणतन्त्र खारेज गर’, ‘हिन्दू राष्ट्र पुनस्थापना गर’, ‘राजा ज्ञानेन्द्र जिन्दावाद’, प्रधानमन्त्री ओलीको गलत अभिव्यक्ति फिर्ता होस् सहितका नारा लगाइएको थियो।
राष्ट्रिय सभाका पूर्व सदस्य कारीप्रसाद यादवको अगुवाईमा प्रदर्शन भएको हो। मुलुकमा नेताहरुको कारण मुलुक नै खतरामा परेको भन्दै नेपालमा हिन्दू राष्ट्र स्थापना गरी कायम गर्नुको विकल्प नरहेको नेपाल समूहका अगुवा यादवले बताए।