![]()
People’s News : बैंकिङ खबर । निषेधाज्ञामा बैंकवित्तले सिमित शाखाबाट सेवा सुचारु गर्दा कर्मचारी आवत जावतका लागि कुनै पासको जरुरी नपर्ने भएको छ । बेंकका आआफ्नै परिचयपत्रलका आधारमा आवत जावत गर्न दिइने भएको छ । बैंकहरुले पनि थोरै कर्मचारी परिचालन गरेर सिमित शाखाबाट अत्याबश्यक सेवा सुचारु गर्ने भएका छन् । सिमित शाखामा सिमित कर्मचारी परिचालन गरेर बैंकले सेवा सूचारु गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकिङ शाखाहरु कम रुपमा संचालन गरेर सेवा संचालन गर्न बैंकर्स संघले पनि सबै बैंकहरुलाई अनुरोध गरेको छ । काठमाडौं भक्तपुर र ललीतपुर गरी तीन जिल्लाको रुपमा रहेको उपत्यकामा तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अवधिमा अन्य अत्याबश्यक हिडडुलका लागि कुनै पनि पास जारी नगर्ने भएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबार मध्यरातीबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यस अवधिमा अत्यावश्यक सेवाले आआफ्नै परिचय पत्रका आधारबाट आवतजावत गर्न पाउने छन् भने यातायातका लागि अन्य कुनै पास उपलव्ध हुने छैन । अत्याबश्यक बस्तुको आपूर्तिमा कृत्रिम अभाव नहोस भनेर त्यस्तो गरेको पाइएमा कानून बमोजिम कडा कारबाही गर्ने जनाइएको छ