कोरोनाबाट बारामा थप एकजनाको मृत्यु ।

Loading

कोरोनाबाट बारामा थप एकजनाको मृत्यु ।

प्रदेश नम्बर २ मा थप एक जनाको मृत्यु भएको छ । बारामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

बुधबार राति ११ बजेतिर अचानक श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याएलगत्तै उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

नारायणी अस्पतालका अनुसार बिरामीलाई अस्पताल ल्याइए पुर्‍याइको भएपनि उपचार भने गर्न नभ्याइएको जनाएको छ । ति बिरामीलाई श्वास फेर्न गाह्रो भयो भनेर अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याउन ढिलो गरेका कारण उपचार सुरु गर्न नपाउँदै उनको मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

Leave a Comment