विशुद्ध प्राकृतिक रुपमा भिडोलको बजार विस्तारमा तिब्रता

Loading

PeoplesNews : नेपाली बजारमा भिडोल लुब्रिकेन्ट कसरी भित्रिएको थियो ? : विशाल ग्रुप अन्तर्गतको पूजा कन्स्ट्रक्सनले कोबेल्कोका हेभी इक्विपमेन्ट बिक्री गरिरहेको सन्दर्भमा कोबेल्को मात्र नभई अन्य हेभी इक्विपमेन्टलाई समेत आवश्यक हुने जेन्युइन आयल नेपाली बजारमा ल्याउने सन्दर्भ चलिरहेको थियो । त्यही वारेमा छलफल गर्दै जादा सबै सेगमेन्टलाई उपयोग हुने इन्जिन आयल नै आयात गर्नुपर्छ भन्ने वारेमा छलफल भयो । यसरी छलफल गर्दै जादा भिडोल लुब्रिकेन्ट उपयुक्त लागेर नेपाली बजारमा भित्र्याइएको थियो । पहिलो वर्ष एक सय केएलको बिक्रीका साथ अगाडि बढेको व्यवसाय बढ्दै गएर हाल हामी नेपाली बजारका टप ७ ब्रान्डमा पर्न सफल भएका छौ ।

नेपाली बजारमा प्रिमियम ब्रान्डका लुब्रिकेन्ट धेरै छन् । त्यसैगरी अन्य ब्रान्ड पनि धेरै छन् । यो अवस्थामा भिडोलको बजारको अवस्था कस्तो छ ? : हाल हाम्रो विशाल ग्रुप अन्तर्गतकै पूजा इन्टरनेसनलले नेपाली बजारमा बिक्री गरिरहेको फक्सवागनका सबै गाडीका लागि हामीले विशेष रुपमा नेदरल्यान्डबाटै लुब्रिकेन्ट मगाएर उपलब्ध गराइरहेका छौ । सन् १९२८ मा स्थापना भएको अमेरिकी ब्रान्ड भिडोललाई सन् १९११ मा टाइड वाटर कम्पनी इन्डियाले सबै स्वामित्व आफूमा लिएर भारतबाटै सवै व्यवसाय गरिरहेको अवस्था छ । जापानको कम्पनीसँग मिलेर यसको उत्पादन हुन्छ र हिरो, होन्डा, यामाहा, रोयल इन्फिल्ड, कोबेल्को, एसएमएल इसुजु, इसुजु, कोबेल्को, टोयोटा, रेनो, निसान आदि ब्रान्डका सवारी साधनमा भिडोल लुब्रिकेन्ट प्रयोग गर्न सकिने गरी ओईएमको रुपमा उपलब्ध हुन्छ ।
गुणस्तरको कुरा गर्दा जति पनि आधुनिक गाडीहरु उपलब्ध छन्, सबैमा हाम्रो लुब्रिकेन्ट प्रयोग गर्न सकिन्छ ।

बजारमा टु ह्विलर प्रयोगकर्ताहरुले भिडोल वा अन्य लुब्रिकेन्ट कुन प्रयोग गर्ने भन्ने वारेमा अलि अलमल परेको जस्तो लाग्दैन ? : हो, यो कुरामा अलि सञ्चारको कमी भएको हो कि भन्ने लाग्छ । हामीले पनि बुझाउन नसकेको हुन सक्छ । आजकाल कुनै पनि मोटरसाइकल किन्दा पाइने बुकलेटमा सो मोटरसाइकलका लागि आवश्यक इन्जिन आयल पनि सिफारिस गरिएको हुन्छ । त्यसमा ब्रान्ड भन्दा यति ग्रेडको भनेर लेखिएको हुन्छ । हाल यो क्षेत्रमा लागिरहेका व्यवसायीहरुले यस्ता कुरामा भन्दा स्किम र मूल्यमै बढी ध्यान दिइरहेको पाइन्छ । यो अवस्थामा उनीहरु जतिसुकै गुणस्तरीय लुब्रिकेन्ट भए पनि मतलबै गर्दैनन् । यसका लागि हामीले सामाजिक सञ्जाल देखि डोर टु डोर सर्भिस सम्म प्रयोग गरिरहेका छौ । पहिलेको तुलनामा केही कुरा बुझाउन सकेका छौ ।

लुब्रिकेन्ट बजारमा धेरै स्किम र अफरले प्रभाव पारेको छ भनिन्छ नि ? : होइन, अन्तर्राष्ट्रिय रुपमै परिचित प्रिमियम ब्रान्डहरु समेत स्किमकै पछाडि लागिरहेका छन् । उनीहरुले अझै बढी नाफा गर्नका लागि यसो गरेका हुन सक्छन् । तर ती ब्रान्डको प्रिमियमता स्किमका कारण कतै हराउछ कि भन्ने शंका चाहिं गर्न सकिन्छ ।

तर प्रयोगकर्ताहरुका लागि त स्किम राम्रो हुन सक्छ नि ? उचित मूल्यमै स्किम र प्रिमियम ब्रान्ड सबै प्रयोग गर्न पाउनु राम्रो हो नि ? होइन र ? : त्यसो हो भने त राम्रो हो । हामीले कसरी ग्राहकलाई सन्तुष्ट गराउन सकिन्छ भनेर नै सोच्नु पर्छ । तर केही समय स्किम फालेर हराउने भयो भने के गर्ने ? बरु लामो समय सम्म टिक्ने गरी स्वस्थ तरिकाले बजारमा प्रतिस्पर्धा गरौ न भन्ने हो ।

लुब्रिकेन्ट व्यवसायमा पनि सिन्डिकेट भएको आरोप लाग्ने गरेको छ । तपाईहरुको विशाल ग्रुप अन्तर्गत पनि करिव आधा दर्जन ब्रान्ड उपलब्ध छन् । यो अवस्थामा यस्तो आरोपलाई कसरी खण्डन गर्नुहुन्छ ? : विशाल ग्रुपले बिक्री–वितरण गर्ने फक्सवागन र कोबेल्को देखि लिएर अन्य इन्डष्ट्रियल उपकरण सबैमा अवश्यक पनि भिडोल लुब्रिकेन्ट प्रयोग हुन्छ । विशाल अगवाल सरले सञ्चालन गरिरहेका सबै क्षेत्रमा यो लुब्रिकेन्ट उपयोग हुन्छ । तर गुणस्तरीय भएकैले यसको प्रयोग गरिएको हो । यसमा अरु कुनै पनि तथ्य लुकेको छैन ।

विशाल ग्रुपले भिडोल लुब्रिकेन्टको व्यवसाय गर्न थालेको चार वर्षको अवधिलाई तपाई कसरी मूल्यांकन गर्नुहुन्छ ? : चार वर्षको अवधिमा हाम्रो व्यवसाय बढ्दो क्रममा छ । पहिले भिडोल भारतको मात्र ब्रान्ड हो भन्ने थियो भने पछि हामीले यो विश्वब्यापी ब्रान्ड हो भन्ने सन्देश सबैलाई दिन थाल्यौ । यसका लागि हामीसँग भएको तालिम प्राप्त जनशक्ति र सबैको टिमवर्कका कारण धेरै बिजनेस हाउसहरुले हामीलाई विश्वास गर्नुभयो । गुणस्तरीय उत्पादन भएकाले यसको वारेमा बजारमा कुनै गुनासो सुन्नु परेको छैन । हामीले इनहाउस पनि यही लुब्रिकेन्ट प्रयोग गरेकाले बजारमा राम्रो सन्देश गएको छ । सिष्टमेटिक रुपमा बजारमा उपस्थिति जनाइरहेको र गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराएकाले बजारबाट राम्रो प्रतिक्रिया पाउदा निकै नै खुसी लाग्छ । हाम्रा च्यानल पार्टनरहरुको पनि यसमा विशेष भूमिका छ । हामी विशुद्ध प्राकृतिक रुपमा बजारमा विस्तार गरिरहेका छौ । copy 

Leave a Comment