मधेशी नागरिक समाज ले मधेश मा बितरण गरिरहेको मधेशी नागरिक परिचायपत्र civil right defender (CRD) मित्रहरू को लागि हो । जुन भदौ मसान्तसम्म मधेशको जिल्ला हरुमा CRD जिल्ला संयोजक हरुले बितरण गरिरहेका छन् । हामीले यो कार्ड मधेशको भूगोलमा बस्ने आफूलाई मधेशी हु स्वीकार गरि मधेशी नागरिक को अधिकार को लागि काम गर्न चहिने जुनसुकै मूलका मानिसलाई पनि प्रदान गरिरहेका छै । हामी सबै किसिमको राजनीति बिचारलाई सम्मान गर्छै।
चाहे त्यो काग्रेसी बिचार बोकने मधेशी हुन,
एमाले बिचार बोकने मधेशी हुन,
माओवादी बिचार बोकने मधेशी हुन,
कुनै धार्मिक बिचार बोकने मधेशी हुन,
मोर्चा को बिचार बोकने बाला मधेशी हुन,
गठबन्धनको बिचार बाला मधेशी हुन,
नयाँ शक्ति को बिचार बोकने मधेशी हुन,
गोइत र ज्वालासिंह को बिचार बोकने मधेशी हुन,
सिके राउतको बिचार बोकने मधेशी हुन, या
नब बिचार समूह को बिचार बोकने बाला मधेशी हुन्,
चाहे अन्य कुनै बिचार बोकने हरु हुन सबैको समान सम्मान गर्छै । हाम्रो स्पष्ट धारणा छ राजनीति राजनीतिक दलले गर्ने हो तर हामीलाई समानता चाहियो , नागरिक नागरिक बिच विभेद होइन सम्मान नागरिक अधिकार को ग्यारेन्टी चाहिएको है । यही अवाजलाई बुलन्द गर्नका लागि हामीले नागरिक अधिकार रक्षक संजाल बनाउन लागेका है । मधेशी अधिकार सुनिश्चित गर्नका लागि political movement र civil rights movement लाई साथ साथै अगाडि बढाउनु पर्छ ।
भवदीय
गणेश कुमार मण्डल
संयोजक
मधेशी नागरिक समाज