![]()
काठमाडौ उपत्यकामा भोलिबाट निषेधाज्ञा [लकडाउन झन कडा]
भोलि रातिदेखि सुरु हुनेगरी काठमाडौं उपत्यकामा एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । मंगलबार उपत्यकामा अवस्थित तीनै वटा जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त मिटिङले भाेलि मध्यराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । र यो निर्णयलाई नागरिक समाज तथा धेरै व्यक्तिहरुले राम्रो ठानेका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी ( प्र जि अ ) तथा सुरक्षा निकाय ( सेना / प्रहरी )का प्रमुख सम्मिलित बैठकले यस्तो निष्कर्ष निकालेको हो। तर, यसको औपचारिक निर्णय भने केन्द्रस्तरीय सिसिएमसीको सिफारिसमा सरकारले मात्र गर्न सक्ने छ।
उपत्यकामा दिनहु एक सय भन्दा बढी कोरोना संक्रमित थपिइरहेका छन् । भने आज मात्रै २०५ जना नया संक्रमित फेला परेका थिए । त्यसैले प्रशासन निषेधाज्ञाको निर्णयमा पुगेको हो ।