![]()
अयोध्यामा पिएम मोदीसँगै पूजा गरेक गोपालदासमा कोरोना सङ्क्रमण पुष्टि । [ मोदी झसङ्ग ]
राम मन्दिर रहेको अयोध्यामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै राम मन्दिरको भूमि पूजा गरेका व्यक्ति नृत्या गोपालदासमा कोरोनाभाइरस ( कोभिड-19)को संक्रमण पुष्टि भएको छ।
अयोध्यामा प्रधानमन्त्री मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगीनाथ आदित्यनाथ, उत्तर प्रदेशकका गभर्नर अनन्दिबेन पटेल र राष्ट्रिय स्वंयसेवक संघका अध्यक्ष मोहन भागवत सहितको उपस्थितिमा राममन्दिरको भूमि पुजा गरिएको थियो।
उक्त पूजामा प्रधानमन्त्री मोदी र गोपालदास एउटै मञ्चमा सहभागी भएका थिए र केहि समय कुराकानी पनि गरेका थिए ।