![]()
अख्तियारका आयुक्तलाई कोरोनाको झापड ।
कोरोनाको सङ्क्रमण बढिरहेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो ।
गत साता अख्तियारका ३७ जना कर्मचारी तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा भीआईपीमा कोरोना संक्रमण पुष्टि भएको हो ।