![]()
नेपाल र भारतको संयुक्त टोलिले बनाएको नक्सामा समेत नेपाली भूमि भारततर्फ ।
नेपाल र भारतबीच सिमानामा नापीका क्रममा भएको गम्भीर गल्तीले नेपाली भूमि भारततर्फ परेको सरकारले स्वीकार गरेको छ । यस विषयप्रति संवेदनशील रहेको पनि प्रष्ट पारेको छ ।
स्ट्रिप म्याप (धर्से नक्सा) तयार गर्दा कञ्चनपुरलगायतका क्षेत्रमा नेपाली भूभाग गुम्ने खतरा भएकोले वार्ताबाट समस्या समाधान गर्ने सरकारको भनाइ छ । बस्ती, खेतबारी मात्र होइन, पूर्व–पश्चिममा बनिरहेको हुलाकी राजमार्गको पनि कतिपय खण्ड भारतमा परेको भन्दै उताको फौजले निर्माणमा अवरोध गर्दै आएको छ ।