“टी–२० विश्वकप ” 2021 को आयोजक भारत र विश्वकप 2022 को आयोजक अष्ट्रेलिया हुने निश्चित ।

Loading

“टी–२० विश्वकप ” 2021 को आयोजक भारत र विश्वकप 2022 को आयोजक अष्ट्रेलिया हुने निश्चित ।

सन् २०२१ को आईसीसी टी–२० विश्वकप क्रिकेट भारतमै हुने भएको छ । कोरोना भाइरसको कारण विश्वभर त्रास फैलिएको समयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार २०२१ को टी–२० विश्वकप नसर्ने र भारतमै हुने जनाएको हो ।
अष्ट्रेलियामा यस वर्ष हुने भनिएको टी–२० विश्वकप कोरोनाभाइरस महामारीको कारण स्थगित भएपछि २०२१ मा भारत र अष्ट्रेलियामध्ये कसले विश्वकप आयोजना गर्ने भन्ने बहस केहि समय अघिदेखि चलेको थियो । तर अब आईसीसीले २०२१ मा भारतमै विश्कप हुने अन्तिम निर्णय सार्वजनिक गरेपछि त्यसको अन्योलता हटेको छ ।

आईसीसीबाट अनुमति पश्चात् भारतमा हुने विश्वकप सन् २०२१ को अक्टोबरदेखि नोभेम्बरसम्म सञ्चालन हुनेछ । फाइनल नोभेम्बर १४ मा हुने बताइएको छ । अष्ट्रेलियामा २०२१ मै हुने भनिएको टी–२० विश्वकप भने २०२२ सम्मका लागि स्थगित गरिएको छ ।

अष्ट्रेलियामा यसै वर्ष अक्टोबरमा आयोजना हुने भनिएको टी–२० विश्वकप कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण २०२१ सम्मको लागि स्थगित गरेको थियो ।

त्यस्तै आगामी वर्ष न्युजिल्याण्डमा हुने भनिएको महिलाहरुको एक दिवसीय विश्वकप क्रिकेट भने एक वर्ष पछि धकेलिएको छ । अब महिलाको विश्वकप सन् २०२२ मा आयोजना हुनेछ ।