मनसुनको न्यून चापिय रेखा नेपालतर्फ बर्षाको प्रचुर सम्भावना ।

Loading

मनसुनको न्यून चापिय रेखा नेपालतर्फ बर्षाको प्रचुर सम्भावना ।

मनसुनको न्यून चपाीय रेखा नेपालतर्फ बढ्दै गएका कारण अबको तीन दिन भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।मौसमविदहरुका अनुसार तीन दिन भारी वर्षा हुने सम्भावना रहेको जानकारी आएको छ । मनसुनको न्यून चापिय रेखा नेपालतर्फ बढेकाले वर्षाको सम्भावना रहेको विज्ञहरुको भनाइ छ । आज देशभरको मौसम सामान्य बदली रही देशका केही स्थान मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण रूपमा बदली भई विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।
बाग्मति प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश , सुदूरपश्चिम र प्रदेश नम्बर १ का विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको हुनसक्ने देखिएकोले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने विभागले बताएको छ ।

विभिन्न स्थानमा भारी वर्ष हुनसक्ने देखिएपछि विभागले यसअघि नै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।