![]()
मंसिर अघि विद्यालय नखुल्ने शिक्षा मन्त्री पोखरेलको दाबी ।
सरकारले कोभिड-19 महामारीलाई लक्षित गरेर माद्यामिक शिक्षा परिक्षा स्थगन गरेसँगै धेरै परिक्षाहरु स्थगित हुँदै आएका छन् । यसैबीच सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढ्दै गएपछि एसईई परीक्षालाई स्थगन गरी विद्यालयहरुको आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा वोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय गरेको छ । सोही अनुसार शिक्षा तथा जनसंख्या मन्त्रालयले तयारी शुरु गरेको छ । तर कक्षा ११ र १२ को परीक्षा भने के गर्ने भन्ने सम्बन्धमा सरकारले अझै निर्णय गरेको छैन ।
शिक्षा , बिज्ञान तथा जनसंख्या मन्त्री गिरिराजमणि पोखरेलले केही समयपछि परिस्थितिको थप मूल्याङ्कन र अवस्था विश्लेषण गरी निर्णय गरिने बताउँदै आउनुभएको छ । यस्तै अर्थतन्त्रका केही क्षेत्रहरुलाई खोल्ने निर्णय गरेपनि विद्यालय शिक्षा सञ्चालन गर्ने विषयलाई सरकारले सबैभन्दा पछिल्लो चरणमा राखेको छ ।
तर असार १ गतेदेखि सिकाईलाई निरन्तरता दिने कार्यक्रमहरु विद्यालयले सञ्चालन गर्न सक्ने पनि सरकारले बताउँदै आएको छ । मन्त्री पोखरेलले कोरोनाको संक्रमणको अवस्था न्यून नहुँदा सम्म विद्यालयहरु नखुल्ने बताउनुभएको छ । सिकाईलाई निरन्तरता दिएपछि के निजी विद्यालयहरुले भर्ना लिन पाउने हुन ? के दशैं अगाडि विद्यालय सञ्चालन गर्न सक्ने अवस्था आउँछ ? जस्ता प्रश्नहरु अन्योलमा छन् ।