प्रधानमन्त्री ओलीको कोरोना परिक्षण ,रिपोर्ट नेगेटिभ कि पोजेटिभ ? हेर्नुहोस् ।

Loading

प्रधानमन्त्री ओलीको कोरोना परिक्षण ,रिपोर्ट नेगेटिभ कि पोजेटिभ ? हेर्नुहोस् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परिक्षण गरिएको छ । स्वास्थ्यमा कुनै प्रतिकुल अवस्था नदेखिए पनि परिक्षण गरिएको थियो यद्यपि उहाँको रिपोर्ट नेगेटिभ आएको छ। प्रधानमन्त्री ओलीले दिनहुँ भेटघाट गर्नुपर्ने अरु पाँच जनाको पनि रिपोर्ट आएको छ।

“ स्वाब संकलन भएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएको छ”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने। प्रधानमन्त्री ओली सहित संसदीय दलका उपनेता सुवास नेम्वाङ, कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको स्वाब संकलन गरिएको थियो।

प्रधानमन्त्री ओलीको सहभागिता रहेको एक कार्यक्रममा सामेल प्रदेश–२ का आन्तरिक मामला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएको थियो। मन्त्री यादवलाई संक्रमण भएपछि प्रधानमन्त्री सहित उक्त कार्यक्रममा सामेल प्रदेश मन्त्रीहरुले समेत कोरोना परीक्षण गराएका हुन्।