एनसेलले साधारण शेयर जारी गर्ने । एनसेल सबैको साझा कम्पनी हुँदै ।

Loading

एनसेलले साधारण शेयर जारी गर्ने । एनसेल सबैको साझा कम्पनी हुँदै ।

दूरसञ्चार सेवा प्रदायक एनसेल पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरित भएको छ। यसअघि प्राइभेट (निजी) कम्पनीका रुपमा दर्ता एनसेलले पब्लिक लिमिटेड कम्पनीका रुपमा कारोबार गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमति पाएको हो।

कम्पनी ऐन 2063 को दफा १२ ले रु.५ करोडभन्दा बढी चुक्ता पूँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता हुनपर्ने व्यवस्था गरेबमोजिम एनसेल पब्लिक लिमिटेड बनेको हो। एनसेलको चुक्ता पूँजी रु. १० करोड छ। शेयर संरचना परिवर्तनसँगै कम्पनीको नाम पनि परिवर्तन भएर एनसेल आजियाटा लिमिटेड भएको छ।

पब्लिक कम्पनीमा रुपान्तरित भएपछि एनसेलले दोस्रो बजारमा धितोपत्रको सार्वजनिक निष्कासन अर्थात् आईपीओ कहिले जारी गर्छ भनी चासोपूर्वक हेरिएको छ। एनसेलमा टेलियासोनेराको स्वामित्व रहुन्जेल यसका अधिकारीहरुले दोस्रो बजारमा शेयरको सार्वजनिक निष्कासन गर्ने बताउँदै आएका थिए। तर, एनसेलको स्वामित्व मलेशियाको कम्पनी आजियाटामा सरेपछि कम्पनीले शेयर निष्कासनको विषयमा अग्रसरता लिएको छैन।