धनुषामा एक साता सम्मको लागि निषेधाज्ञा जारी गरिँँदै ।

Loading

१८ श्रावण २०७७. जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरमा भोली श्रावण १८ गते (सोमबार) रातीदेखि ७ दिन सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार निषेधाज्ञा सोमबार राती १२ बजेदेखि लागू हुनेछ । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा कोरोनाको जोखिम दिनहुँ बढ्दै गएकाले निषेधाज्ञा जारी गरेर कडाइ गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । उनले तोकिएका सम्बन्धित व्यक्ति बाहेक कोहीपनि घर बाहिर निस्कन नपाउने जानकारी दिनुभयो ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्न र यसको संक्रमण थप फैलिन नदिनका लागि धनुषा जिल्लाभर प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु सोमबार राती १२ बजेदेखि एक हप्तासम्मका लागि बन्द हुने भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार स्था ऐन, २०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको हो ।

प्रशासनले अत्यावश्यक सामग्री बिक्रि हुने औषधि पसल, खाद्यान्न, फलफूल–तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, मालसामान ओसारपसार तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशपलाई अत्यावश्यक सेवा उल्लेख गरेको छ ।