कोरोनाले दिन थाले सजाय न्यायाधिस पनि कोरोना पोजेटिभ

Loading

People’sNews : सप्तरी । देशमा भै रहेको कानुन उलंघनको कारण कोरोनाले थाल्यो आफनो तरिकाले सजाय दिने तरिका जसको नतिजा न्यायाधिश समेत कोरोना पोजेटिभ भए । अघिल्लो दिन सात जना संक्रमित फेला परेको सप्तरीमा आइतबार पनि उत्तिकै संख्यामा कोरोना संक्रमित भएको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ४ सय ३३ पुगेको छ । पछिल्लो पटक सप्तरीको तिरहुत गाउँपालिकाका ५ तथा राजविराज नगरपालिकाका दुई जनामा कोरोना संक्रमण देखिएको हो । गजेन्द्र नारायण सिंह अस्पतालका अनुसार तिरहुत गाउँपालिकाका ५ पुरुष तथा राजविराज नगरपालिकाको २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । राजविराजका संक्रमित दुईमध्ये एक जना न्यायाधीश र अर्का सुरक्षाकर्मी हुन् । यता कोरोना रोकथामका लागि चार दिनदेखि निषेधाज्ञा जारी गरिएका कारण राजविराज बजार चौथो दिन आइतबार पनि सुनसान देखिएको छ । बजारमा सुरक्षाकर्मी व्यापक रुपमा परिचालन गरिएका छन् भने सर्वसाधारण फाटफुट रुपमा मात्र सडकमा देखिएका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीले परिस्थितिको आकलन गर्दै निषेधाज्ञा थपघट बारे निर्णय लिइने बताएका छन् ।