गोल्छाको गाडीमा भेटिए भारी मात्रामा चोरीको मोवाइल : अवुलेश अन्सारी विरगंज

Loading

पिपुल्सन्युज/बिरगंज : अवुलेश अन्सारी विरगंज :  बिश्व अहिले महामारीले थाला पर्दै गएको अवस्थामा जनात तथा देश माहामारीको चितामा सुतेको बेला मुलुकको प्रमुख नाकाबाट गोल्छा समूहले झिकाएको गाडीबाट धेरै मात्रामा तस्करीको मोबाइल बरमाद भएको छ । देशमा कानुन निरिह बने पश्चात भ्रष्टाचारी र तश्करहरुको दिन आएको छ । नेपालमा जस्तो सुकै स्थितिमा ब्यापारीहरु पैसा कमाउन पछि पर्दैनन भन्ने तथ्य यो तश्करीले बताएकाछ । गोल्छा समूहले वीरगन्ज भन्सारबाट भित्र्याउन लागेको गाडीबाट मोबाईल बरामद भए पश्चात पनि कानुनद्धारा कुनै ठोस कदम चालेको पनि देखिएन । सो समूहको जीओ अटोमोबाइल्सले ल्याएको फोर्ड गाडी शनिबार चेकजाँच गर्दा विभिन्न ब्रान्डका ३३ वटा मोबाइल फेला परेको भन्सारका सूचना अधिकृत विमलकुमार साहले बताए । जीओले जाँचपासको लागि पेश गरेका १९ मध्ये २ वटा गाडीमा मोबाईल भेटिएको हो । एउटामा ८ वटा मोबाइल बरामद भएपछि सबै गाडीको खानतलासी लिदा अर्को गाडीबाट थप २५ ओटा बरामद भएको भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिए । नेपाल भारत एकीकृत जाँच चौकीबाट भित्रिएर भन्सारको यार्डमा राखिएका गाडीमा मोबाइल फेला परेको हो । गाडीमा लुकाएर मोबाईल भित्र्याउन लागेको खुलेपछि शनिबार जीओका एउटा पनि गाडी जाचपास नभएको भन्सारले बताएको छ । नेपाल र भारत दुबैतर्फको एकीकृत निगरानीमा रहने आइसीपीबाट घोषणाभन्दा फरक पारेर मोबाइल भित्रिएको छ । भन्सार अधिकारीहरूले चालकबाट अनुसन्धान शुरू गरे पनि यो परिमाणको मोबाइलको अबैध आयातमा चालकको मात्र संलग्नता नभएको एक अधिकारीको दाबी छ। रेड मी, रेड आई र ओप्पो ब्रान्डका मोबाइल बरामद भएको भन्सारले बताएको छ । देश को प्रतिष्ठित ब्यापारिक घराना गोल्छा समूह को य काण्ड लाई गम्भीरता पुर्बक लिएर अनुसन्धान अगाडि बढाउनु पर्ने मा भन्सार उप(सचिव गोपाल खत्री को आदेश ले गाडी चालक लाई शनिबार नै छाडिको बुझिएको छ ।