![]()
People’sNews/Mithili : Rambabu Singh: (मैथिली अनलाइन साइटबाट सुरेन्द्र झाजीको लेख )म कक्षा छमा पढ्दा मेरो ब्रतबन्ध भयो । तालु भएर टुपी मात्रै भएको शिर देखाउन लाज लाग्थ्यो मलाई । साथीहरुले जिस्काउँछन् भनेर ढाका टोपी लागएर विद्यालय गए । टोपी नै लगाउने भए ढाका टोपी मात्रै लगाएर आउने नियम थियो म पढ्ने विद्यालयमा । म विद्यालय पुग्दा साथीहरु मलाई देखेर झन् धेरै हाँस्न थाले । ढाका टोपी लगाएको तिमीलाई सुहाउँदैन, साथीहरुले मलाई भने । एक महिना भरि मेरो द्वन्द रह्यो ढाका टोपी राम्ररी लगाउन, तर सकिन । पछि कक्षा नौं तिर विद्यालयबाट घर फर्किने क्रममा मेरो एकजना मिल्ने साथीले भन्यो, मारवाडीहरु नेपाली प्रमाणित गर्न सुहाउँदो नसुहाउँदो भए पनि दौरा सुरवाल ढाका टोपी लगाएर राजालाई भेट्न जान्छन् । अरु साथी गलल्ल हाँस्दै भने, देखावटीहरू ! त्यो दिन बल्ल मैले बुझें किन मलाई ढाका टोपी नसुहाएको होला । पुस्तौंदेखि पहाडी समुदायले लगाई राखेको पहिरन, राजा महेन्द्रले सबै समुदायलाई थुपार्न खोजेका थिएँ । मेरो खानदानमा म भन्दा अगाडी कसैले पनि, नागरिकताको लागि फोटो खिच्नु बाहेक, ढाका टोपी लगाएको थिएँन । हाम्रो समुदायमा पुरुषले लगाउने लुगा भनेको धोति, कुर्ता, पाग र दोपट्टा हो। यो पहिरन आथवा कुनै पनि अरु जात जतिको पहिरनले किन दौरा सुरवाल ढाका टोपी जत्तिको सम्मान पाउन सकेन ।
अर्को तरिकालेभन्दा किन धोतिले सुरवाल जत्ति कै सम्मान पाउनु जरुरि छ ? म पढ्ने विद्यालयले नै जानी नजानी विभेद गरेको रै’छ । सधैं नेपाल एक बहुजातीय, बहु भाषिक राज्य भनेर पढाइयो हामीलाई । तर व्यवहारमा अझै आएको छैन । मारवाडी ब्यापारीको यो देशको अर्थतन्त्रमा ठुलो योगदान हुँदा पनि, किन त्यो समुदायको एक ब्यापारीले एक महत्वपूर्ण भेटमा दौरा, सुरवाल, ढाका टोपी मै सिमित हुनु पर्ने ? किन एक मधेशी बालकको लागि ढाका टोपीको मात्रै विकल्प दिएको होला? बहु जातिय बहु भाषिक समुदायलाई साँचै सम्मान नै गर्ने हो भने मानसिकता मै परिवर्तन हुनु जरुरि छ । यदि यो मानसिकता परिवर्तन हुँदैन भने, किताब मा लेखिएका ती मिठामिठा शब्द हरु आर्थहीन हुन जान्छ । सन् २०१६ तिरको कुरा हो , म शंखमुलको एउटा क्याफेमा नेपाल र भारतको साउथ एसियन गेम अन्तर्गत फूटबलको अन्तिम निर्णायक खेल हेरिरहेको थिएँ । म त्यति खेल हेर्न रुचाउने मान्छे होइन ।
तर नेपाल फाइनलमा भएको हुनाले त्यो खेल हेरिरहेको थिएँ । नेपाली खेलाडीको राम्रो प्रदर्शन थियो र आन्तिममा सकरात्मक नतिजासंगै नेपालले साउथ एसियन गेम २३ वर्ष पछि जित्यो । तर मेरो उत्साह एकै छिन्मा सुस्तायो। “धोतिलाई हराइयो ! धोतिलाई हराइयो !” जति उत्साहले अरुको यो आवाज सुन्थें, त्यति नै म निराश हुँदै गए । मेरो बुबाले धोति लगाउनु हुनुहुन्छ, हजुरबुबाको स्मरण गर्दा धोति बाहेक अरु केहि पहिरन याद आउँदैन, मेरो समुदायमा बहुसंख्यक मानिसलेले धोति नै लगाउँछन् । कसरि म आफ्नै समुदायलाई आपमान गर्न सक्छु । धोति एक सभ्यता हो, जुन नेपाल र भारतको केही समुदायको प्रतिनिधित्व गर्दछ । नेपाली फूटबल टीमले त्यो सभ्यतालाई हराएको थिएँन । नेपालको फूटबल टीमले भारतको फूटबल टीमलाई मात्र हराएको थियो । आफ्नो सभ्यता, पुर्खाको अपमान गर्न नसक्ने भएर म सुरुक्क लागेर त्यो काफेबाट निस्केर आफ्नै अतित सम्झंदै घर तिर फर्के ।
यो राष्ट्रियता र ट्रंपको राष्ट्रियतामा के फरक ?


You must be logged in to post a comment.