![]()
सप्तरी, राजविराज । जग्गा सम्बन्धी कागजातमा अनुकुल हुने गरि व्यहोरा सच्याईदिने नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा सदरमुकाम राजविराजस्थित जिल्ला मालपोत कार्यालयका नायब सुब्बा मंगलबार समातिएका छन् । बिहान ११ः३० बजेतिर जग्गा विवाद सम्बन्धी कागजात मिलाउन पुगेका एक सेवाग्राहीसँग १३ हजार रुँपैया घुस लिएको आरोपमा मुद्दा फाँटका प्रशासन प्रमुख समेत रहेका नासु कृष्णबल्लभ ठाकुरलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । अख्तियारका एक पदाधिकारीले भने, ‘सेवाग्राहीसँग रकम माँग भएपछि अख्तियारलाई सूचना आएको हो, सोही आधारमा खटेको टोलीले ठाकुरलाई घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
उनलाई आवश्यक प्रक्रिया पश्चात् अनुसन्धानका लागि आयोगको क्षेत्रिय कार्यालय इटहरी पु¥याएको आयोगले जनाएको छ । पक्राउ परेका ठाकुरले भने आफू घुस नलिएको दाबी गरेका छन् । उनले आफूलाई फसाउन सुनियोजित ढंगले एक सेवाग्राहीले झ्यालमा पैसा राखेको र लगत्तै अख्तियारको टोलीले आएर घुस लिएको भन्दै आफूलाई नियन्त्रणमा लिएको बताएका छन् ।यता समातिएका ठाकुरका बृद्ध पिता मिश्रिलाल र आमा नथुनीदेवीले आफ्नो छोरा निर्दोष रहेको र फसाइएको भन्दै उनलाई बचाइदिन प्रहरीसमक्ष पटक पटक आग्रह गरिरहेको मार्मिक दृश्य देखिएको थियो । छोरा पक्राउ परेको खबर पाएपछि विष्णुपुर गाउँपालिका ७ स्थित घरबाट कार्यालयमै आई पुगेका ठाकुरका बृद्ध आमा बुबालाई समाल्हन प्रहरीलाई हम्मे हम्मे परेको थियो । राजधानीबाट लिइएको हो
You must be logged in to post a comment.