ओलीलाई आफनै सहकर्मीले दिए धोका : रामबाबु सिंह (प्रदेश-२)

Loading

peopels news : काठमाडौं/सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको चरम विवादले नयाँ रुप लिएको छ । मिलाउने प्रयासमा दुई अध्यक्ष बारम्बार बैठक बसिरहेका छन् । तर अझैसम्म गाँठो भने फुकेको छैन । पार्टी फुटाएर अलग्गै सरकार बनाउने तयारी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो २ दिन केहि मथ्थर देखिएका छन् । पार्टीभित्र देखिएको विवाद समाधानका लागि लगातार पाँचौ बैठक बसेको हो । पाँच बैठक मध्य पछिल्ला बैठकमा ओलीले प्रचण्डका कुरा सुन्न थालेका छन् । जारी स्थायी कमिटीको बैठक स्थगित गरेर विवाद मिलाउन र पार्टीलाई फुटबाट बचाउन भन्दै गरिएका प्रयासमा आशा थपिए पनि विवाद मिल्छ नै भन्ने निष्कर्ष भने निस्किएको छैन । बैठक स्थगित गरेर गरिएको अध्यक्षद्धयबीचको छलफल सुधारोन्मुख भएपनि विवाद एकाएक मिल्ने भने देखिन्न । मन्त्रिपरिषद्का सदस्यहरूलाई बोलाएर कित्ताकाट गरेर आउन लगाएका प्रधानमन्त्री ओली त्यसपछि भने आक्रामक रूपमा देखिएका छैनन् । स्रोतका अनुसार पार्टी फुटाएर कांग्रेससंग मिलेर सरकार बनाउने पुरै तयारी गरेका प्रधानमन्त्री ओलीलाई पछिल्लो समय झट्का लागेको छ ।

पार्टी फुटाएर पनि आफ्नै पार्टीका सांसदले साथ् नदिने भएपछि उनि लचिलो देखिएको स्रोतको दाबी छ । त्यतिमात्र होइन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई सरकारमा साथ् दिने बचन दिएका थिए । कांग्रेसमा यो सम्झौता लिक भएपछि देउवा नै तनावमा परेका छन् । पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मका नेताहरूले सरकारमा नजान दवाव दिएपछि देउवा अल्पमतमा परेका छन् । पार्टीको बैठकमा नेताहरूले र्या ख र्याख्ती पारेपछि देउवा यो सम्झौताबाट पछी हट्न बाध्य भएका थिए । कांग्रेसले पनि साथ् दिन नसक्ने र अन्य आफ्नै दलका नजिकका भनिएका नेता र सांसदले पनि प्रधानमन्त्री ओलीलाई साथ् नदिने भएपछि प्रधानमन्त्री ओली अहिले बिलखबन्दमा परेका छन् । ओलीले पार्टी फुटाउन सबै तयारी गरेको खुलेपछि उनी निकटकै केहि नेताले यस्तो भएको खण्डमा आफूहरूले पनि साथ् नदिने बताएपछि उनि ब्याक हुन बाध्य भएको स्रोत दाबी गर्छ । प्रधानमन्त्री ओलीका पछिल्ला क्रियाकलाप अहिले आफैलाई निकै भारी भैरहेका छन् ।

बिरोधीहरुलाई तह लगाउने उनको विकल्प स्थायी कमिटीले नै समाप्त गरिदिएको छ । जारी संसद अधिवेशन अन्त्यको हठात् निर्णय पनि उनलाई घाँ टीको हा ड बन्ने देखिएको छ। तत्काल पार्टी फुटाएर सरकार बनाउने विकल्प पनि आफ्नै अत्यन्त नजिकका नेताहरूले साथ् नदिने भएपछि समाप्त जस्तै बनेको छ । त्यसैमाथि कांग्रेसले साथ् नदिने संकेत गरिसकेको छ । यी सबै विकल्प समाप्त भएपछि उनकालागि तातो दुध निल्नु न ओकल्नु जस्तै बनेको छ । पछिल्ला बैठकहरूमा उनले एउटा मात्रै पद बचाएर भएपनि ‘सेफ ल्यान्डिङ’ गर्न चाहेको उनकै निकट नेताहरू बताउने गरेका छन् । प्रचण्डलाई फकाएर भएपनि उनि एउटा पद जोगाउन तिर लाग्ने विश्लेषकहरूले बताउने गरेका छन । आफुलाई हटाउन भारत र आफ्नै पार्टीका नेताहरू लागेको अभिव्यक्ति दिएर विषयान्तर गर्न खोजेका उनलाई यहि अभिव्यक्तिले थला पार्ने देखिएको छ । त्यसमाथि उनले लगाएको राष्ट्रपतिमाथिको महाभियोग प्रकरण त उनको कद घटाउने कडी बन्नसक्ने देखिन्छ ।

ओली निकट एक सांसदले ओलीले जे गर्छन त्यसमा सती जान नसकिने बताउँछन । उनले पार्टीलाई नै नमान्ने मान्छेको साथमा अर्को पार्टीमा गएपनि हालत यहि हुने बताए । त्यस्तै उनलाई अत्यन्तै नजिकबाट साथ् दिएका दोश्रो तहकै नेताले पनि प्रधानमन्त्री ओलीले पार्टी फुटाएको खण्डमा नेपाल समुहलाई साथ् दिने बचन दिइसकेका छन् । प्रधानमन्त्री ओलीले आंकलन गरेभन्दा ठ्याक्कै उल्टो माहोल पार्टीमा बनेको एक स्थायी कमिटि सदस्य बताउँछन । पार्टी फुटाउन तयार भएका ओलीलाई पार्टीका तल देखि माथिसम्मका नेताहरूले त्यस्तो निर्णय नगर्न चेतावनी दिएका छन् । पार्टी फुटाइहाले पनि उनीहरूले साथ् दिन नसक्ने यो प्रष्ट संकेत हो । हाल अर्का अध्यक्ष प्रचण्डसंग एउटा पद छाडेर केहि नयाँ सहमति गरेरै भएपनि विवाद साम्य पार्ने लाइनमा उनि रहेको देखिन्छ । सुरुका दिनमा हुल्लडहरूको झु ण्डसंग बस्न नसक्ने बताइरहेका प्रधानमन्त्री ओली तिनै हुल्लडहरुसंग सम्झौता गरेर अगाडी बढ्न चाहनु उनि गलेको प्रष्ट संकेत हो ।