बिरगंजमा मास्क नलगाउनेलाई प्रहरीद्वारा कडा कार्वाही : अवुलेश अनसारी

Loading

Peopels News /वीरगन्ज बजारमा मास्क नलगाई हिँडडुल गर्नेलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई कारवाही गर्न थालिएको छ । कोरोना भाइरस महामारीमा माक्स प्रयोगसम्बन्धी सचेतना अभियान चलाउँदा समेत यसको अवज्ञा गरी बिना माक्स हिँडडुल गर्ने तथा व्यवसाय संचालन गर्ने उनीहरुलाई आज पर्सा प्रहरीले नियन्त्रणमा लिई १ सय रुपैया जरिवाना वा १ घण्टा घाममा उभाउने गरि कारवाही गर्न थालिएको छ । पक्राउ पर्नेमा व्यापारी, सवारी चालक, पैदलयात्रु समेत रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासान कार्यालय पर्सा मार्फत प्रतिव्यक्ति १ सय रुपैयाँ जरिवाना पश्चात छाडिएको छ भने पैसा नभएकालाई १ घण्टा घाममा उभाउने गरि कारवाही गर्न थालिएको छ ।