ट्राफिक र बजार व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्मपन्न : Abbulaish Ansari

Loading

peoples News : abbulaish ansari/Birgunj : सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वीर्ताको आयोजनामा ट्राफिक र बजार व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्मपन्न भएको छ । सम्पन्न अन्तरक्रियामा वीरगञ्जको अलखियामठस्थित मकालु होटलदेखि नारायणी अस्पतालसम्मको मुख्य सडकको भागमा विभिन्न अस्पताल र क्लिनिकहरुमा भिड व्यवस्थापन, सरसफाई र ट्राफिक व्यस्थापनलगयात विषयहरुमा छलफल भएको थियो । उक्त क्षेत्रमा रहेका अस्पताल र क्लिनिकहरुमा असाध्यै भिडभाड हुने र कोरोना सङ्क्रमण फैलने डर बढी भएकोले अस्पताल र क्ल्निक सञ्चालकहरुलाई विशेष सतर्कता अपनाउँन आग्रह गरिएको थियो ।

स्वास्थका लागि एकदमै महत्त्वपुर्ण र संवेदनशील क्षेत्र भएकाले पनि भीडभाड र ट्राफिक व्यवस्थापनमा समस्य हुँदै आएको छ,’ पर्साकी प्रहरी उपरीक्षक गङ्ग पन्तले भनिन, ‘त्यसलाई व्यस्थापन गर्न अहिलेको सबैभन्दा महत्पूर्ण कार्य रहेको हामीले पाएका छौँ, कोरोनाभाइरस सङ्क्रमण फैलने खतरापनि उतिकै भएकोले अस्पताल र क्लिनिक सञ्चालकहरुलाई हामीले विशेष आग्रह समेत गरेका छौँ । कार्यक्रममा सहभागीहरुले अहिले वीरगञ्जमा सञ्चालित स्वच्छ एवम् व्यवस्थित वीरगञ्ज अभियानको सराहना गर्दै सबै सरोकारवाला निकाय मिलेर अगाडी बढ्नुपर्ने धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रम पश्चात सहभागीहरुले बजारमा बिना मास्क हिडिरहेका व्यक्तिहरुलाई सतर्कता अपाउँन आग्रह गर्दै मास्क समेत वितरण गरेका थिए । 

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वीर्ताका अध्यक्ष सालिकराम साह कानुको अध्यक्षतामा भएकोमा कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख कमल राज पंडित, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरु, वडा नं ४ का वडा अध्यक्ष जगत साह कानु, चिकित्सक उदय नारायण सिंह, वीरगञ्ज जेसिजका पुर्व अध्यक्ष निशान्त लामिछाने, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईलगायत व्यवसायी र वडावासीहरुको उपस्थित रहेको थियो । स्वच्छ एवम् व्यवस्थित वीरगञ्जका लागि सामुदायिक प्रहरी साझेदारी अन्तर्गत अहिले प्रहरी उपरीक्षक गङ्ग पन्तको नेतृत्वमा सरसफाई एवम् ट्राफिक व्यावस्थापन अभियान चलिरहेको छ ।