बेसारसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे जनताद्वारा आलोचित पिएमको रुपमा चित्रण

Loading

Peoples News : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता यसका बारेमा दिएका सुझावहरूलाई लिएर सामाजिक सञ्जालमा टिकाटिप्पणीहरू हुने गरेका छन् । प्रधानमन्त्रीमा कतिपय भनाइमा आमनागरिक र चिकित्सकहरूले आपत्ति जनाएर आफ्ना धारणा राख्ने गरेका छन् । बिहीवार संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा बोल्ने क्रममा प्रधानमन्त्रीले बेसारबारे बोलेका कुरा अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनले भनेका थिए, “कोरोनाभाइरस भनेको एउटा रुघाखोकी जस्तो हो । लागिहाल्यो भने हाँच्छियु साँच्छियु गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ । कोरोनाभाइरसको महामारीको बेला प्रधानमन्त्रीको पदमा बसेर हल्का र आफ्नो विज्ञता नभएको विषयमा टिप्पणी गरेको भन्दै उनको आलोचना भएका छन् । बिहीवार नै उनले भनेका थिए, “बेसार पनि कुनै-कुनै अवस्थामा खान हुँदैन । जन्डिस लागेको छ भने रक्तअल्पत्ता भएको छ भने बेसार खानु हुँदैन । “गर्भवती र सुत्केरी महिलाले बेसार खान हुँदैन । आइरन र ब्लडको कमी छ भने बेसार खानु हुँदैन । उनको यो अभिव्यक्तिपछि वीर अस्पतालका प्रा. डा. सुधांशु केसीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘गलत सूचना’ भन्दै ट्वीट गरेका छन् । डा. केसीले कुरा गर्दै त्यस्तो गलत सूचना प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा रहेको मानिसले दिँदा त्यसले जनमानसमा गलत सन्देश जाने बताएका छन् । उनले भने,”जण्डिस लागेका बेला बेसार खानुहुँदैन भन्ने कुरा सरासर गलत हो । “हामीले तरकारी पकाउँदा बेसारको प्रयोग गर्ने हो, त्यो सुत्केरीले पनि खान हुन्छ, शल्यक्रियाभन्दा अगाडि पनि खान हुन्छ । 

‘हचुवामा बोल्नु हुँदैन’ : प्रधानमन्त्री ओलीले बेसारले रगत पातलो बनाउँछ भन्दै शल्यक्रिया गर्नुभन्दा दुई-तीन दिनअघि देखि खान नहुने बताएका थिए । बेसार खाएकै कारण कुनै बिरामीको शल्यक्रिया नै रोकिएको भन्ने आफूले अहिलेसम्म नसुनेको पनि डा. केसीले बताए । धेरै मात्रा भए खान नहुने हो । हामीकहाँ त्यस्तो छैन । प्रधानमन्त्रीले भनेको कुरा आममानिसलाई विद्यालयमा शिक्षकको कुरामात्रै बालबालिकाले मानेजस्तो हो । “गुगलमा लेखिएको वा पढेको कुरा कति आधिकारिक हो भनी नजाँची हचुवामा बोल्नु हुँदैन । 

सांसदमाथि प्रश्न : पत्रकार विजयकुमार पाण्डेले आफ्नो ट्वीटमा प्रधानमन्त्रीले बोलेको विषयमा सांसद्हरूले कुरा उठाउनुपर्ने बताएका छन् । उनले लेखेका छन्, “माननीय सांसदहरू, हास्यचेत र मूर्खता फरक कुरा हुन् । पत्र-पत्र गरेर नेपालका संस्थाहरू पत्रु हुँदैछन । “ईम्युनिटी र बेसार पानीबारे संसद्‌मा त्यति लामो प्रवचन भइराख्दा, तपाईँको मनमा आएन कि सिटबाट उठेर भनौँ ‘प्रमज्यू, यो न मजाकको विषय हो, न मजाकको थलो हो’ ।सञ्जारमाध्यममा विभिन्न विषयमा कलम चलाउँदै आएकी साबित्री गौतमले पनि यस विषयमा संसद्‌मा प्रश्न नउठेको भन्दै ट्वीट गरेकी छन् । विश्वव्यापी महामारी, संकटको बेलामा पनि गम्भीर नहुने ओलीजीका आउटडेटेड जोकहरुमा हाँस्नपनि घिन लाग्छ आजकल । देशको संसद हो कि केटाकेटीलाई तिलस्मी कथा सुनाएर उल्लु बनाउने ठाउँ ? “खरानी फुकेर खुवाएर, पानी छ्यापेर सातो बोलाएर निको हुँदैन, बेइज्जत नगर्नुस” भन्न सक्ने कोही रैनछ नेकपामा ?

मीरा ढकालले पनि प्रधानमन्त्रीले बोलेका विषयलाई लिएर सांसदहरूप्रति टिप्पणी गरेकी छन् । उनले लेखेकी छन्, “के हो भनेर प्रवचन दिने प्रधानमन्त्री, प्रधानमन्त्रीको वाहियात बेसार पुराणमा ताली/टेबल ठोक्ने सांसद । महामारीलाई मजाक बनाउने प्रधानमन्त्री र मजाक अनुमोदन गर्ने सांसदहरू ।

‘मेडिकल काउन्सिल बोल्नुपर्छ’ : अर्का चिकित्सक रामेश कोइरालाले प्रधानमन्त्रीको यो भनाइबारे नेपाल मेडिकल काउन्सिलले विज्ञप्ति निकाल्नुपर्ने बताएका छन् । करिब दुई महिनाअघि प्रधानमन्त्रीले तातोपानी खाँदा वा बाफ लिँदा कोभिड-१९ को सङ्क्रमण नहुने बताएका थिए । त्यतिबेला पनि प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो । डा. कोइरालाले अर्को ट्वीटमा कोरोनाभाइरसबारे भ्रम फैलाएको कसुरमा कति वर्ष कैद सजाय हुन्छ भनेर ट्वीट गरेका छन् । कोरोनाभाइरसबारे सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना फैलाउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने भन्दै नेपाल प्रहरीले वैशाखको पहिलो साता तीन जनालाई पक्राउ गरेको र एक जना पत्रकारलाई कारबाही गर्न प्रेस काउन्सिललाई सिफारिस गरेको थियो ।

कोरोनाभाइरस उपचार: चिकित्सकको सिफारिसबिना डेक्सामेथासोन प्रयोग नगर्न चेतावनी 

भ्रामक सूचना फैलाउनेलाई कारबाही : मुलुकी अपराधसंहितामा झुटा अफवाह फैलाए एक वर्षसम्म कैद वा १०,००० रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता निरोज पौडेलले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय सही भए पनि सन्देश भ्रमपूर्ण भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईँले जनताको मनोबल उच्च बनाउने नियतले बोल्न खोज्नुभएको होला । तर, अहँ हुँदै भएन । गलत भयो । “नजानेको विषयमा कि त विज्ञलाई बोल्न लगाउनूस् कि त विज्ञलाई भाषण लेख्न लगाएर खर्रर्र पढ्नुहोस् कि त बोल्दै नबोल्नुहोस् । bbc