![]()
peoples News : ब्रजिल दश लाख कोभिड-१९ हुने दोश्रो मुलुक बन्न पुगेको छ। र, सङ्क्रमण फैलिरहेको छ । गत २४ घण्टामा मात्र एकैदिन सर्वाधिक ५४,००० भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । र, चारदिनदेखि हरेक दिन १२०० भन्दा बढीको मृत्यु भएको छ। कुल मृत्यु हुनेको सङ्ख्या ४९,००० पुगेको छ । परीक्षणको अभाव भएका कारण वास्तविक तथ्याङ्क अझ बढी हुने र प्रकोप अझ पनि उच्च वि न्दुमा पुग्न केही हप्ता बाँकी रहेको विज्ञहरूले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले महामारी “नयाँ र खतरनाक” चरणमा प्रवेश गरेको घोषणा गरेको केही घण्टापछि ब्रजिलको नयाँ तथ्याङ्क सार्वजनिक भएको हो ।
ल्याटिन अमेरिकामा कहाँ कस्तो सङ्ख्या ? : ल्याटिन अमेरिकामा सङ्क्रमण बढ्दो छ । चिली र पेरु लगायतका मुलुकमा सङ्क्रमण चुलिँदो छ ।मेक्सिकोमा शुक्रवार सम्ममा २० हजार मानिसको मृत्यु भइसकेको छ । अहिले ब्रजिल भन्दा धेरै सङ्क्रमण हुने देश अमेरिकामात्र भएको छ ।ब्रजिलका राष्ट्रपति जइर बोल्सोनारोले सङ्कटसँग जुझ्न अपनाएको उपायको तीव्र आलोचना भइरहेको छ । क्षिणपन्थी नेता जइर बोल्सोनारोको भाइरस फैलिन नदिन कडा उपाय अपनाएका प्रान्तीय गभर्नरहरूसँग बारम्बार परस्पर विरोधी कुरा हुने गरेको छ । जइर बोल्सोनारोले भाइरसको भन्दा शहरहरू बन्द गर्दा हुने आर्थिक असर झन् ठूलो हुने बताउने गर्छन् जुन तर्कप्रति अरू पनि सहमत हुने गरेका छन् । तर सङ्कटका प्रति उनको धारणाका कारण दुई जना डाक्टरहरूले स्वास्थ्यमन्त्रीबाट राजीनामा दिइसकेका छन् । जइर बोल्सोनारो डोनल्ड ट्रम्प र उनले राजनीति गर्ने तरिकाको लामो समयदेखिका प्रशंसक हुन् । यी दुई पुरुषमा कैयौँ कुरा समान छन्- एउटा उदाहरण उनीहरूले आ-आफ्ना मुलुकमा महामारीबारे अपनाएका उपाय पनि हुन् । अमेरिकाको तथ्याङ्क भयावह छ- ब्रजिलको पनि डरलाग्दो छ । उनीहरू त्यस्तो क्लबका सदस्य जस्ता देखिएका छन् जसको सदस्य बन्न कोही चाहँदैन । यति ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएका कारण भाइरस नियन्त्रण बाहिर रहेको देखाउँछ । ठूला शहरहरू बन्दाबन्दीबाट खोल्न लागेको र मानिसहरू काममा फर्किन लागेका बेला यस्तो भएको छ लामो समयदेखि राष्ट्रपति जइर बोल्सोनारो र प्रान्तीय गभर्नरहरूबीच विवाद छ । उनीहरूले क्वारन्टीनका कडा उपाय अपनाएका छन् जुन राष्ट्रपतिले अर्थतन्त्र ध्वस्त पार्ने किसिमको भन्दै आएका छन् ।तीन महिनासम्मको बन्दाबन्दीपछि लाखौँ मानिसहरू सङ्घर्ष गरिरहेका छन् र काममा फर्कन चाहिरहेका छन् । तर अझ पनि सङ्क्रमणको उच्च विन्दु नपुगिसकेकाले त्यो खतराजन्य योजना हुने देखिन्छ ।
You must be logged in to post a comment.