![]()
people’s News : काठमाडौं,असार – समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले जानकारी दिनुभएको छ । उहाँले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गर्नुभएको थियो । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो. उहाँले पार्टीको ह्वीप मान्नु भएन, त्यसैले स्वतः कारवाहीमा पर्नुहुन्छ । समाजवादी पार्टीका एक नेताले भन्नुभयो ।
राष्ट्रिय जनता पार्टीका शिर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ‘देश बेच्नेहरु’ भनेका छन् । उनले इतिहास कोट्याउँदै सत्तापक्ष र प्रतिपक्षका नेता दुवैको नामै तोकेर ‘देश बेच्नेहरु’ भनेका हुन् ।
रेडियो एनआरएनको नेपाली बहसमा ऋषि धमलासँग हिजो कुरा गर्दै महतोले भने, महाकाली सम्झौता गर्दा नदीको मुहान टुंगो नलगाई गर्दा केपी शर्मा ओलीको समर्थन होइन ? शेरबहादुरले सही गरेको होइन ? अपराध गर्ने देश बेच्ने र राष्ट्रघात गर्ने यीनीहरु हुन् । महतोले भनेको महाकाली सन्धी २०५३ सालमा भएको हो । त्यतिबेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए । पछि यसलाई संसदबाट पारित गरिएको थियो । पारित गर्दा केपी शर्मा ओलीको महत्वपूर्ण भुमिका थियो ।
You must be logged in to post a comment.