![]()
People’s News : काठमाडौं( नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रतिनिधि जस भ्यान्डेलरले नेपालमा संक्रमितको संख्या कल्पना गरिए भन्दा निकै बाहिर जानसक्ने चेतावनी दिएका छन् । लकडाउन खोलेको भोलिपल्ट नेपालमा संक्रमितको संख्या ह्वात्े बढेकोले पनि अवको दिनमा कोरोना नियन्त्रण गर्न सरकारले परिक्षण बढाउन अति जरुरी रहेको जानकारी दिए । उनका भनाई अनुसार नेपालमा परिक्षण साधन राम्रो नरहेकोले पनि र सरकारले लकडाउन पालना पनि राम्रो संग गराउन नसकेकोल पनि देशमा कोरोना संक्रमितको संख्या बिश्वको भन्दा धेरै बढन सक्ने तथा मृत्युदर पनि सोचे भन्दा बढन सक्ने चेतावनी दिनु भयो ।
यसै अवस्थामा संक्रमितको संख्या कति पुग्न सक्छ भन्ने अनुमान गर्न नसक्ने उल्लेख गर्दै उनले लकडाउनलाई निरन्तरता दिए पनि वा खुकुलो बनाए पनि संक्रमित बढिरहने बताए । लामो समय लकडाउन हुँदा अर्थतन्त्रमा समेत प्रभाव पार्ने भएकोले अब स्वास्थ्य सुरक्षा र जनताको आर्थिक सुरक्षा दुवैलाई सँगसँगै लैजान सरकारलाई चुनौती रहेको उनको भनाई छ । नेपालमा परीक्षण क्षमता र दायरा बढाउन पनि उनले सुझाव दिएका छन् ।
You must be logged in to post a comment.