लकडाउन पश्चातको गरिबी र भोकमरी

Loading

प्रदेश २ को अधिकान्स जनता अझै पनि शिक्षा पाउन सकेको छैन कारण एउटै हो आर्थिक जसको कारण कसैले शिक्षा पाएका छैनन् । हाल तराईका हरेक जिल्लामा एक परिवारमा दर्जनौ बालबच्चा जन्मिने कारणले पनि दिन प्रतिदिन यस्ता परिवारहरुको हालत खस्किदै गएको छ यस्ता परिवारहरु खास गरि सम्पत्तिको नाममा गाउँ ब्लकको जग्गामा बनेको घरहरु हुन्छन् । दिनभरि कमाए मात्र राति घरमा चुलो बल्ने परिवारहरु, पनि छन समाजमा काम नपाए खान पुग्दैन ।

अरूको काम नगरी हामीलाई खान पुग्दैन, बाहिर निस्कने वातावरण छैन, घरमा बसेर खाने अन्न छैन, राति भोकभोकै सुत्नुपरेको छ, नगरपालिकाले दिएको राहत १० दिनमै सकियो, लकडाउन भएदेखि कसैले काम दिँदैन । मालिकको घरमा गए तिमीहरूलाई कोरोना लाग्या होला जा भन्दै घृणा गर्दै लखेट्ने गरेको भन्ने बृतान्त एक जनात स्थानिय बासिन्दाले बताए । ‘लकडाउनमा दिएको राहतले मात्रै गुजारा नचल्ने भएपछि भोकभोकै कतिदिन बस्नु भनेर तीन रुपैयाँ सेयकडामा ५ हजार ऋण ल्याएर गुजारा गर्दै छु’, उनले भने । हातगोडा बलियो हुँदा अरूकै खेतमा काम गरेर ५ छोरी र एक छोरा हुर्काए। श्रीमती र छोरीहरूले पनि सघाउँथे, पछि दुई छोरीको बिहे भएपछि परिवारमा थोरै समस्या हटे पनि थप दुई छोरीको बिहेबारीका लागि उनी चिन्तित छन् ।

स्थानियले भने, ‘लकडाउनमा परिवार पाल्न धेरै गाह्रो भो, राहत त दियो तर त्यो १५ केजी चामल कति दिन चल्थ्यो, परिवारमा समस्या भएपछि अरूसँग मागेर घर चलाएँ, अब कसरी ऋण चुक्ता गर्नु कि पेट पाल्नु चिन्ता छ । उनको घरबाहेक सम्पत्तिको नाममा केही छैन । अर्का एक स्थानीयले फुसको घर देखाउँदै भने, ‘यी हेर्नुहोस्, वर्षौंदेखि हाम्रो घर यस्तै छ, शीत छल्नै मुस्किल हुन्छ । यो गाउामा विपन्न र दीनहीन मुसहर बसेको ३० औँ वर्ष भयो । तर, कसैको आँखा परेको छैन । न गतिलो ओत छ न त आङ ढाक्ने कपडा नै अझ अढाई महिनाको लकडाउनमा काम नपाएर चुलो बल्न सकेको छैन ।

भोकै सुत्न विवश छन् । ‘छोराछोरीलाई स्कुल पठाउन सकेको छैन, पैसा भए पो पठाउनु, बालबच्चालाई खुवाउन त पैसा हुँदैन, फेरि विद्यालय पठायो, शिक्षक पनि आउँदैनन्, दुखेसो पोखे । साहुले उधारो पत्याउँदैनन्, काम बन्द नहँुदा काम गरेर पनि तिर्छन् भनेर उधारो दिन्थे, अहिले उधारो पत्याउन छाडे, रोगभन्दा पनि भोकले मरिने डर लागिरहेको छ । बजार खुल्दा माछा, घोंघी बेचेर दैनिक २ सय रुपैयाँसम्म कमाउने उनी बजार नै बन्द भएपछि छाक टार्ने समस्या भएको बताउँछिन् ।