![]()
असोक कुमार यादव आम आदमी पार्टी नोपाल : सरकारले अर्थहिन कार्यसैली अनुसार कोरोना भाइरस र लकडाउन बढाउने गरी सरकारी फाइदा लिने काम मात्र गर्ने गरेको प्रष्ट भएको छ । लकडाउन ३२ गते सम्म अनि कर २५ गते सम्म तिर्नुपर्छ नभएमा फाईन लाग्छ भन्ने गैर जिम्मेवार अभिव्यक्तिले सरकारको नैतिक पतन भएको जस्तो लाग्छ देशमा ३ महिना देखि भै रहेको लकडाउन र त्यसबाट जनतालाई परेको आर्थिक मारको कारण जनता अहिले हरेक क्षेत्रमा हरेक विषयमा पछाडी परेका छन् झन सरकारलाई जनताको सम्पुर्ण समस्याको भान हुँदा हुँदै पनि जनतालाई अप्ठेरोमा पार्नु निलर्जताको पराकाष्ठा पार गर्नु हो । अब नेपाल सरकारले लकडाउनकोपनि कर तिराउन बेर छैन । नालायक ओली सरकार जनताको कर चुसेर कर असुल्ने बेर छैन । हेर्ने हो भने विश्व ब्यापी फैलिएको कोरोना वाइरस नेपालमापनि तिब्र रुपमा फैलिदै गईरहेको छ जसले गर्दा पुरा देश लकडाउनको पीडा भोगिरहेका छ तर असफल सरकार कर कसरी असुल्ने र भ्रष्टाचारी कसरी गर्नेमा बढी केन्द्रित देखिन्छ । अब सरकारको विरुद्धमा सम्पूर्ण देशवासीहरूले एक भएर आन्दोलन गर्नुको अर्को कुनै विकल्प छैन ।