![]()
pnews : विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीबाट नेपाल पनि प्रभावित भएको छ। भारतसँग सीमा जोडिएका जिल्लाका क्वारन्टीनमा धेरै सङ्क्रमित फेला परेका छन्। सङ्क्रमण अन्यत्र पनि फैलिन सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरिरहेका छन् । केही जनस्वास्थ्यविज्ञले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण उत्कर्षमा पुग्न तीव्र गतिमा बढ्न लागेको चेतावनी दिइरहेका छन्। यसैबीच कोरोनाभाइरस सङ्क्रमणसम्बन्धी नेपालको पछिल्लो स्थिति, तयारीको अवस्था र सरकारले कडाइका साथ लागु गरेको लकडाउन लगायतका विषय :
नेपालको अवस्थालाई डब्ल्यूएचओले कसरी मूल्याङ्कन गरेको छ ? नेपालको अवस्था विशेष छ। त्यो के अर्थमा भन्दा धेरैजसो सङ्क्रमण सर्वसाधारणमा व्यापक रूपमा देखिएको छैन, हामीले ‘हटस्पट’ भन्ने गरेको ठाउँमा देखिएको छ। सरकारले कोरोनाभाइरस सङ्क्रमितहरू भएको हुनसक्ने सम्भावित स्थानमा हेरिरहेको छ र हालसम्मको अवस्था हेर्दा त्यस्ता व्यक्तिहरू प्राय: भारतबाट फर्केका र क्वारन्टीनमा बसिरहेका छन्। भारतबाट आएर प्राय: क्वारन्टीनमा बसिरहेका मानिसमा सङ्क्रमण देखिएको छ। तर उनीहरूमा कुनै पनि किसिमको लक्षण देखिएको छैन । त्यसको अर्थ ती मानिसहरू बिरामी नभए पनि परीक्षण गर्दा केहीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो । विगत केही सातामा सङ्क्रमण वृद्धि हुनुको कारण मूलत: भारतबाट फर्केका व्यक्तिको परीक्षण हुनु नै हो । हामी आगामी दिनमा पनि सङ्क्रमण बढेको देख्न सक्नेछौँ । 
यसको सङ्केत के हो त ? नेपाल यो महामारीको तेस्रो चरणमा प्रवेश गरिसकेका छ कि अहिले पनि दोस्रो चरणमै छ ? अहिलेसम्मका घटनाहरू क्वारन्टीनमा एकीकृत भएको देखिन्छ। विदेशबाट आएकाहरू दुई हप्ता क्वारन्टीनमा बसिरहेका छन् र उनीहरूको त्यहाँ परीक्षण भइरहेको छ । हामीसँग समुदाय स्तरमा कोभिड-१९ को सङ्क्रमण फैलिएको प्रमाण छैन। प्रत्यक्ष रूपमा यात्रा नगरेकाहरूमा पनि कोरोनाभाइरस सङ्क्रमित भएको केही घटना हुनसक्छ । तर हामीसँग अझै पनि बृहत् स्तरमा कोरोनाभाइरस फैलिरहेको छ भन्ने कुनै प्रमाण छैन। सबै त नभनौँ अधिकांश सङ्क्रमण भारतबाट फर्केका व्यक्तिमा देखिएको छ । 
तपाईँले क्वारन्टीनमा भएकाहरूमा कोरोनाभाइरस सङ्क्रमण देखिएको बताउनुभएको छ । जसमा डब्ल्यूएचओको मापदण्ड पनि पालना नभएको उल्लेख छ । क्वारन्टीनमै मृत्यु पनि भएको छ । यस्तो अवस्थामा सरकारले सञ्चालन गरिरहेको क्वारन्टीनको व्यवस्थापनलाई डब्ल्यूएचओले कसरी हेरिरहेको छ ? कतिपयले कमजोर व्यवस्थापनका कारण भविष्यमा क्वारन्टीनबाटै समस्या सुरु हुन सक्ने समेत बताएका छन् नि ? तपाईँले भने जस्तै क्वारन्टीनको प्रयोजन भनेको मानिसहरूलाई एकअर्काबाट टाढा राख्नु हो। भारतबाट नेपाल फर्केकाहरूलाई नेपालमा बसिरहेकाहरूसँग छुट्टै राखिएको छ जसकारण कोही कसैले कोरोनाभाइरसको सङ्क्रमण बोकेर आएको रहेछ भने पनि त्यसलाई तत्कालै मानिसहरूलाई सार्न सक्दैनन् । क्वारन्टीनको प्रयोजन यही नै हो। र क्वारन्टीनमा राख्ने थुप्रै तरिका हुन्छन्। एउटा समूहलाई अर्कोसँग छुट्याएर राख्नुपर्छ। मानिसहरूलाई अरूहरूसँग अलग्गै घरमा पनि क्वारन्टीनमा राख्न सकिन्छ । नेपालले स्थापना गरेका क्वारन्टीनमा धेरै मानिस छन्। मानिसहरू ठूलो सङ्ख्यामा नेपाल प्रवेश गरेका कारण त्यस्तो भएको हो। सामान्य अवस्थामा हेर्ने हो भने क्वारन्टीनमा बसेकाहरूका लागि खाना, पिउने पानी र एक अर्कामा सङ्क्रमण नसरोस् भन्नका लागि आवश्यक दूरी कायम गर्ने व्यवस्था आवश्यक छ । bbc savar
You must be logged in to post a comment.