![]()
असोक कुमार यादव केन्द्रीय अध्यक्ष आम आदमी पार्टी नेपाल : नेपालमा अव कोरोना प्रकोप नियन्त्रण हुने सम्भावना न्यून देखिएको भान हुन थालेको छ । केन्द्र सरकारको मनोदशा हेर्दा कालापानी होस वा कोरोना माहामारी होस इ अवस्थाहरुलाई आफनो हतियार बनाई सत्ता टिकाउने खेलमा देश र जनतालाई प्रयोग मात्र गर्न खोजेको प्रष्ट भएको छ । हाल नेपालमा माहाकाली विषय बस्तु पनि हावा आयो हावा आयो फुस्स जस्तो भएको छ । कोरोना माहामारी प्रति पनि सरकारको गैरजिम्म्ेवार व्यवस्थापनले आज देशमा संक्रमितको संख्या १५०० नाघियो तर पनि देशमा कोरोना परिक्षण भरपर्दो रुपमा गरिएको छैन । मानिस मर्दा मात्र कारोना छ की छैन भनेर प्रमाणित हुन्छ । एक अस्पतालमा नेगेटिभ देखिएको मान्छे अर्को अस्पतालमा पोजेटिभ देखिन्छ । के यो सरकारको जनता प्रति गैरजिम्मेवार व्यवस्था हैन । के जनता सरकारको लागि लुटको साधनमात्र हो त ? यसरी नै चल्ने हो भने सरकारले कोरोना माहामारी र जनतालाई आफनो हालतमा छोडे हुन्छ । सरकराको यस्तो लापारवाहीको कारण देश आर्थिक अवस्थामा धेरै तल पुग्नेछ तथा जनताले पनि विस्तारै देशमा उग्र रुप लिइ देशलाई नै अर्को दिशामा लग्ने कुरामा कुनै दुइ मत नहोला । ओली सरकारले लकडाउन बढाएर आफ्नो सता बनाउनमा पनि लागेको हो। लकडाउन मात्र बढाएर के काम जबकी प्रर्याप्त मात्रामा कोरोना परिक्षण नगर्ने हो भने लकडाउन बढाउनुको कुनै अर्थ छैन लकडाउन हटाए हुन्छ । इण्डियाझै रणनीति बनाएर लकडाउन खोल्नुको अब कुनै बिकल्प छैन । प्रधानमन्त्री आफ्नो सता टिकाउन खेल समाप्त गरी अब जनताको भलो गर्ने तिर लाग्नु पर्छ । जनता कोरोना वाइरसबाट मर्ने छैन तर भोकमारीबाट पकै मर्ने छन।