![]()
Madhu Maya Yadav : महिला नेतृ – आम आदमी पार्टी नेपाल : नेपाल कोरोना भाइरसबाट लडिरहेको बेला सरकार लकडाउन बाहेक जनतालाई अरु कुनै सेवा सुविधा नदिएको हुँदा नेपालमा दिनादुन ज्यान गुमाउनेको संख्या बढदै गइ रहेको छ । नेपालमा भाकमरीले अधिकान्सको जिवन अर्थहिन हुदै गएको छ । दैनिक कमाएर गुजारा गर्दै आउनेहरुलाई सबभन्दा बढी मार्का परेकोछ । यसै कष्टकर जिवनयापनको अवस्थामा भोकमारीले बिरेन्द्र गुरमैता यादवले ज्यान गुमाएका छन । अब यस्तो घडीमा नेपाल सरकारले तुरुन्त आम जनताहरूको सेवा सुविधाकालागि कदम चाल्नु पर्ने देखिन्छ सरकारले अप्ठेरोमा परेका जनतालाई दैनिकी जिवनआपन गर्ने सम्मको राहत वा नगद सहयोग गर्नु पर्ने नै हुन्छ अन्यथा जनता कोरोनाले भन्दा पनि भोकमरीले मर्ने संख्यामा बढोत्तरी हुने सम्भावना हुन आउने तर्क यादवले दिनु भयो । आम आदमी पार्टी नेपालक अध्यक्ष असोक यादवले यस घटनाप्रति सोक प्रकट गर्दै सरकारसंग कोषमा आएको पैसा द्रुपयोग हुनबाट बचाइ आगामी दिनमा संसदहरूको बार्षिक बजेट कोरोना कोषमा हाल्नपनि मांग गरेका छन् । उहाको भनाई अनुसार एक बर्ष संसदहरूले आफ्नो क्षेत्रमा बिकासको काम नगरेपनि केही बिग्रिँदैन यस्तो माहामारीको बेला अब संसदहरूको मुख्य दायित्व आफ्नो आफ्नो क्षेत्रको जनताको ज्यान बचाउने हो । यसपालीको बजेट कोरोना परिक्षण र कोरोन्टाईनमा बसेकोको जनताहरूको सहयोग गर्नु निमित खर्च गर्नु पर्छ । अहिले नेपालमा राहतका नाममा आएका राहत खाद्यान्न र नगद समेत दुरुपयोग हुने गरेकोले पनि प्रधानमन्त्रीले यसबारे पनि समय मै साच्न् पर्ने भन्ने दायित्व बोद्ध गराउनु भयो । यस्तो माहामारीमा पनि प्रधानमन्त्रीले भ्रष्टाचार नरोके र जनताप्रति ध्यान नदिए भोकमरीले मर्ने जनतालाई कुनै कसैले बचाउन नसकने ध्यानआकर्षण पनि गराउनु भयो । सरकारले अहिले कोरोनालाई एउटा पर्वको रुपमा मत्र हेरेकोले यस किसिमको भाहवय स्थिती उत्तपन्न हुन गएका हुन ।