![]()
Pnews : आम आदमी पार्टी नेपालको केन्द्रीय अध्यक्ष अशोक कुमार यादव : नेपालमा प्राप्त मात्रामा कोरोना परिक्षण नभएमा लकडाउन गर्नु र बढाउनुको कुनै अर्थ छैन लकडाउन हटाए हुन्छ । कोरोना रोग सम्बन्धि केन्द्र सरकार र प्रदेश सरकारले कुनै ठोस कदम नचाल्नु पनि देश र जनताको हित भन्दा पनि सरकार राजनिति मै शढी केन्द्रीत रहेको देखियो सरकारको यस कार्यबाट देशमा अराजक गतिविधि पनि हुन सक्ने संकेत देखिन थालेको छ । जनातसंग खानपानको अवस्था नहुँदा पनि कोरोना परिक्षण आफै गर्ने भन्ने जुन निर्णय सरकारले गर्यो त्यो नै सरकारको असफल्ता हो । लिपुलेक काण्ड १ महिना बित्दा पनि सरकार त्यस मै ब्यस्त रहेकोले पनि देश र जनता प्रति सरकारको रणनिति असफल रहयो । हिजो मात्र बीरगंजमा एउटा बिरामीलाई मरेपछि दाहसंस्कार भएको पछी रिपोर्टमा उक्त बिरामीलाई कोरोना भएको पुष्टि भएको छ । अब बिचार गर्नु त्यो बिरामीलाई दाहसंस्कार गर्नेहरूमा र घरपरिवारलाई कोरोना वाइरस सरेको छ छैन कसरी थाहा पाउने । निश्चित रूपमा नेपाल वाइरस परिक्षण अरू देशको तुलनामा पनि भएको छैन । लकडाउन भएको झनै दुई महिना भन्दा बढी भयो खै ओली सरकार र प्रदेश सरकारले यस माहामारीबाट लडने उपाय गरेको यदी गर्ने हैन भने लकडाउन हटाए हुन्छ । नत्र जनता माहामारीसंगै भोकमारीसंग मर्ने बेलापनि आउँछ र कति ठाउँमा भोकमारीले जनता मरेको खबरपनि सुनेकै छ।