कृ.सा.क.लि. बिरगंजका प्रमुखमाथि कमिशन लिई खाद्य सामाग्री बिक्री गरेको आरोप : A.A Birgunj

Loading

Abbulaish Ansari Birgunj : वीरगंज स्थित कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख गोविन्द पराजुलीले कमिशनको खेलमा मनपरी ढंगले खाद्य सामाग्री बिक्रीवितरण गरेको आरोप लागेको छ । कम्पनीको प्रादेशिक कार्यालयका हाकिम पराजुलीले स्टोर किपर पुरुषोत्तम सिंहसँगको मिलोमतोमा बढि कमिशन पाइने स्थानमा बढी परिमाणमा युरिया, पोटास, डिएभी लगायतका खाद्य सामाग्री विक्रीवितरण गरेको आरोप लागेको हो । आफ्नो नाम नखुलाउने सर्तमा एक खरिदकर्ताले हरेक खरिदकर्ताबाट बिक्री मूल्यको कम्तीमा ५ देखि बढीमा ३० प्रतिशतसम्म कमिशनमा यो चलखेल भइरहेको बताए । वीरगञ्जस्थित कृषि सामाग्री कम्पनी लिमिटेड मातहातका १६ ठाउँमा रहेका कार्यालयलाई खाद्य सामाग्री बिक्री गर्ने गर्दछ । पर्सामा भने कार्यालयले सिधैं आफै बिक्रीवितरण गर्ने गरेको छ । १६ ठाउँमध्ये प्रमुख पराजुलीको मिलोमतोमा केही ठाउँमा मात्र अधिक मात्रमा खाद्य सामाग्री पठाउने गरिएको श्रोतको दावी छ । श्रोतका अनुसार हाकिम पराजुलीले कमिसनको चक्करमा भरतपुर, जनकपुर, त्रिशुली, धुलिखेल लगायतका ठाउँका कार्यालयमा मात्र खाद्य सामाग्री धमाधम पठाइरहेका छन् । यस सम्बन्धमा तथ्य बुझ्न सञ्चारकर्मीको टोली कम्पनीको कार्यालय नै पुगेर जानकारी लिए । स्मरण रहोस, पर्साका लागि कम्पनीले कार्यालयबाट सिधै बिक्री गर्ने गरेको छ । कार्यालयको तथ्याङ्कलाई केलाउँदा श्रोतले दाबी गरे अनुसार नै चलखेल भएको देखिन्छ । यस सम्बन्धमा कार्यालय प्रमुख पराजुलीसँग जानकारी लिन खोज्दा आफु अहिले एउटा मिटिङ्गमा रहेको भने पन्छिन खोजे । “प्रतिक्षा गर्छौ, हामी” हामीले भनेपछि कुरेको केही मिनेट पछि नै पराजुलीले बोलाएर समय दिए । दुई चार ठाउँमा मात्रै किन बढी मात्रामा खाद्य सामाग्री पठाउनु भएको भन्ने प्रश्नमा कुरा टार्दै पराजुलीले भने “त्यहाँ धेरै खपत छ, ती ठूला कार्यालयहरु हुन् ।” कुरा टार्ने प्रयासमा उनले अहिले बालीनालीको समय नै नरहेको भन्न भ्याए । कलैया लगायतका यस भेगमा किन खाद्य सामाग्री नपठाउनु भएको भन्ने प्रश्नमा त्यहाँ पहिले कै स्टक रहेको भनेर प्रमुख पराजुलीले जवाफ दिए । मल राख्ने गोदामको अभावले पनि खाद्य सामाग्री नपठाएको उनले भने । हप्तै पिच्छे मल दिएको भन्दै उनले मलको व्यापार गर्ने व्यापारीले मल नपाएको गुनासो गरेको उनले दाबी गरे । प्रमुख पराजुलीले भने अनुसार नै कलैयास्थित कार्यालयमा पहिला कै खाद्य सामाग्री स्टक छ कि छैन भनेर सोधपुछ गर्यौं । कलैयास्थित कार्यालय प्रमुख सिताराम श्रेष्ठका अनुसार पुरानो स्टक नरहेको बताए । १ हजार ५ सय मेट्रिक टन क्षमता भएको गोदाममा अहिले माग भन्दा धेरै कम मात्रामा स्टक रहेको श्रेष्ठले जानकारी दिए । उनले भने अहिले ४÷५ सय बोरा मात्र स्टक छ जसमा युरिया २६.५०, डिएभी ४ सय ५५.६५ र पोटास ४१.६०० मेट्रिक टन मौज्दात छ, यो पहिलाको मौज्दात होइन । श्रोतका अनुसार वीरगञ्जको रामगढवास्थित गोदाममा ३० हजार बोरा र चिनीको गोदाममा १० देखि १५ गाडी खाद्य सामाग्री स्टकमा लुकाएर राखिएको छ । यता, मलको अभाव सिर्जना गर्दै कमिसनमा खेलमा जताबाट धेरै कमिसन आउँछ त्यतैतिर धमाधम मल बिक्री भइरहेको श्रोत बताएका छन् ।