![]()
Abbulaish ansari-Birgunj : नेपालमा कोरोनाको माहामारीले अहिले सम्म धेरैको ज्यान पनि लि सकेको छन भने अधिकांस निको पनि भै सकेको तथ्याङ्क छ । यसै बिच नेपालको हरेक अस्पतालबाट बिरामी निको भइ घर फर्कि सकेको छ । कोरोनाबाट बचन आत्मबिश्वासको पनि उतिकै खाँचो हुने गरेको अस्पताल कर्मचारी र विरामीहरु बताउछन् । हालै पर्सा जिल्लाको नारायणी अस्पताल उपक्षेत्रीय क्षेत्रबाट शनिबार ९ जना बिरामीहरुलाई उपचार पश्चात डिस्चार्ज गरिएको छ । ९ जनालाई डिस्चार्ज गरिएको छ नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले भने । डा. उपाध्यायका अनुसार पर्साका ३, रौतहटका ३, बाराका २ र १ भारतीय नागरिकलाई आज डिस्चार्ज गरिएको छ । देशभर ५८४ विभिन्न अस्पतालमा उपचार भैरहेको छ भने ७९ जना स्वस्थ भई घर फर्केका छन् । नेपाल सरकारले पीसीआर परीक्षण ४५, ९५८ र आरटीडी परीक्षण २३५ सम्म गरीएको छ ।