![]()
pnews : तर दुई महिनादेखि नेपालीहरू घरभित्र बस्दाबस्दै शहरदेखि गाउँसम्म कोरोनाभाइरसका बिरामीको सङ्ख्या बढ्दै जान थालेको छ । दुई महिना सारा नेपाल बन्द गरेर सरकारले कोरोनाभाइरस सङक्रमण बढेमा आवश्यक पर्ने तयारी के के गर्यो ? स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार भन्छन्, “पहिलो केस देश बाहिर पठाउने स्थितिबाट देशभरका विभिन्न स्थानमा परीक्षण गर्न सक्ने भएका छौँ। कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौँ । डा. कार्कीले देशभर क्वारन्टीन बनाएको र आइसोलेशन वार्डहरू बनाएको बताए । तर सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी डा. कार्कीका भनाइसँग सहमत छैनन् । डा. सुवेदी भन्छन्, “काठमाण्डूमा १२ ठाउँमा देखिइसक्दा अरू देशमा भए यसलाई गम्भीर रूपमा लिएर काठमाण्डूमा परीक्षण व्यापक बनाइन्थ्यो । डा. सुवेदी नेपालमा कोरोनाभाइरस भित्रभित्रै व्यापक भइसकेको ठान्छन् भने डा. कार्की त्यो मान्न तयार छैनन् । यस विषयमा हामीले सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी र स्वास्थ्यमन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीसँग गरेको छलफल माथिको तस्बिरमा प्ले बटन थिचेर सुन्न सक्नु हुन्छ ।bbc