चिनमा कोरोना नियन्त्रण

Loading

peoples News : चीनमा गत डिसेम्बरमा कोरोनाभाइरस सङ्क्रमण फैलिएयता पहिलो पटक शुक्रवार २४ घण्टामा कुनै नयाँ सङ्क्रमित भेटिएन् । त्यहाँको न्याश्नल हेल्थ कमिशनले गएको २४ घण्टामा कोभिड-१९ का कारण कसैको पनि मृत्यु नभएको जनाएको छ । चिनियाँ शहर वुहानमा पहिलो सङ्क्रमण पुष्टि भएयता संसारभर ५० लाख मानिसहरू सङ्क्रमित भएका छन् भने ३३८,००० जनाको मृत्यु भएको छ । चीनमा मात्रै ८४,००० भन्दा बढी सङ्क्रमित भएक र ४,६०० जनाको मृत्यु भएको छ । वुहान रहेको प्रान्त हुबेमा सरकारले गरेको कडा लकडाउनका कारण कोरोनाभाइरस चीनको अन्य भागमा धेरै फैलिन नपाएको बताइन्छ । विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार दक्षिण अमेरिका महामारीको नयाँ केन्द्रविन्दु बनेको बताएको छ। ब्रजिल र मेक्सिकोमा हालैमा दिनमा नयाँ सङ्क्रमण ह्वात्तै बढेको छ । ब्रजिलमा ३३०,००० भन्दा बढी सङ्क्रमण पुष्टि भएको छ जुन विश्वमै अमेरिका पछि सबैभन्दा बढी सङ्क्रमण भएको देश हो । bbc