जनतालाई आफनो परिक्षण आफै गर्न निर्देशन सरकार आफनो दायित्वबाट हटे

Loading

Pnews : कारोना रोगले माहामारीको रुप लिदै गर्दा जनतालाई दिने सेवा सुविधाबाट सरकार पछि हटे अव जनताको परिक्षण स्वयम् जनताले आफै गर्नु पर्ने छ । यस्तो संकटकालको परिस्थितीमा जनतासंग न काम छ न त पैसा नै अनि कहाँ बाट परिक्षण गराउने भन्ने अन्यौलमा परेका छन नेपाली जनता अव परिक्षणको जिम्मा पनि प्राइभेट अस्पतालले पाएका छन । जसमा भक जना बराबर १५००० को दर ले परिक्षण शुल्क लाग्ने पक्का भै सकेको छ । सरकारको यो सडयन्त्रपुर्ण कार्य हेर्दा जनता कोरोना भन्दा पनि आर्थिकको कारणले मर्ने निस्चित छ । तर सरकारले यस्तो निन्दनिय कार्य किन गरे यो अव सोच्नियको विष रहेको छ । नेपालमा मङ्गलवार थप २७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा अब सङ्क्रमितको कुल सङ्ख्या ४०२ पुगेको छ । हालसम्म नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ र ३७ जना सङ्क्रमित निको भएका छन् । सबै प्रदेशका कुल ३६ जिल्लामा सङ्क्रमित भेटिएका छन् । विगत २४ घण्टामा पीसीआर विधिबाट २,२८० वटा परीक्षण गरिएको छ र अहिलेसम्म उक्त विधिबाट ३२,६०४ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले देशका विभिन्न स्थानमा २१,६२३ जना क्वारन्टीनमा र ४५७ जना आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ । 

परीक्षण : यसअघि सोमवार नेपालमा एकैदिन ८० जना सङ्क्रमित थपिएका थिए। सोमवार अबेर राति मन्त्रालयले थप १८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि गरेको थियो । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमवार अपराह्ण थप ५३ जनामा सङ्क्रमण पुष्टि गरेका थिए भने सोमवार बिहान मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत नौ जनाको सङ्क्रमण पुष्टि गरेको थियो । खासगरी भारतबाट लुकीछिपी सीमावर्ती क्षेत्रमा मानिस भित्रिएका विवरणमाझ कतिपय सीमाक्षेत्रस्थित जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ  । bbc