नेकपाको अस्तीत्व बिहिन बैठक : असोक यादव

Loading

Pnews : असोक यादव स् आम आदमी पार्टी नेपाल : काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी सदस्यहरुलाई टेलिफोन र इमेल गरी बैठकको जानकारी गराइएको हो । बैठक बिहान ११ बजे राखिएको छ । नेकपाको यो स्थायी कमिटी बैठकलाई निकै महत्वका साथ हेरिएको छ । शीर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा २५ वैशाखमै बोलाइएको स्थायी कमिटी बैठक अनिश्चित बनेको थियो । २४ वैशाख दिउँसो बसेको सचिवालय बैठकबाट प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली उठेर हिडेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको थियो । अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले बैठक माग गर्दै आएका छन् । तर, प्रधानमन्त्री ओली पक्षधर बैठकको औचित्य नरहेको अडान राख्दै आएका थिए । यसपछि अध्यक्ष दाहाल र प्रधानमन्त्री ओली बीच केही पटक भेटवार्ता भयो । त्यसै आधारमा स्थायी कमिटी बैठक बोलाइएको छ । प्रचण्ड र नेता नेपाल पक्षका निकटका २० जना स्थायी कमिटी सदस्यहरुले १० वैशाखमा लिखित रुपमै स्थायी कमिटी बोलाउन लिखित माग गरेका थिए भने २५ वैशाखमा फेरि भेला भएर बैठकको माग गरेका थिए । अध्यादेश प्रकरण पछाडि प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीलाई हटाउने तयारी भएको भन्दै स्थायी कमिटी अनिश्चित गरिएको थियो । तर, ओली इतरका नेताहरुको जोडबलमा स्थायी कमिटी राखिएको छ । बैठकमा लिपुलेक अतिक्रमण प्रमुख एजेण्डा बन्ने महासचिव विष्णुप्रसाद पौडेलले बताए । उनका अनुसार, लिपुलेक अतिक्रमण, कोभिड–१९ रोकथामको प्रयास र पार्टीभित्र उठेका प्रश्नहरुबारे छलफल हुनेछ । ओली इतरका नेताहरुले सरकार र पार्टी सञ्चालन प्रक्रियाप्रति तीव्र असन्तुष्टि जनाउँदै आएका छन् । स्थायी कमिटी सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बीच संसदीय समितिमै भनाभन भएको सार्वजनिक भएको छ । सरकारको कार्यशैली प्रभावकारी नभएको उनीहरुको तर्क छ । तर, २५ वैशाखमा तोकिएको बैठक अहिले बोलाउनुमा भने लिपुलेक पछि विकसित अवस्थाका कारण संस्थापनले अनुकुल बनेको रणनीतिका रुपमा लिएको छ । madhyan