नेपाल माहामारी संकटमा सरकार राजनिति खेलमा : नरेश यादव -जिल्ला अध्यक्ष धनुषा (आम आदमी पार्टी नेपाल)

Loading

Pnews/Dhanusha : बिश्व नै महामारी को संकटमा संघर्ष गरिरहेका छ्न । बिश्वका विभिन्न देशहरूले यस्तो कठिन संकट्को घडीमा आफ्ना जनता र देश जोगाउन विभिन्न किसिमको पहल गरिरहेको छ तर हाम्रो सरकार मौन ब्रतमा छ्न । नेपाली जनता महामारीको कारणले मर्नु त छदैछ भोखमरिले मर्ने अवस्था देशमा झन जटिल बन्दै गएको छ । करिब डेढ महिनाको लकडाउले धेरै नेपाली जनतालाई दुई छाक खान पनि गाह्रो भाइरहेको कुरा सरकारलाई अवगत भएकै कुरा हो तर यस्तो संकटको घडीमा जनताको ज्यान रक्षा गर्नु र जानताको समस्या समाधान गर्नुको सट्टा सरकार कुर्सीको खेलमा लागेको छ । यसबाट सरकारको जनता प्रतिको नियति प्रष्ट हुँदै छ । यस्तै अवस्था रहियो भने जनता यो महामारीले कम र भोखमरी को कारणले मर्ने निश्चित छ । राहतको नाममा सरकारले किरा परेको खाद्यान्न वितरण गरेकोले पनि जनता प्रति सरकारको चरित्र देखिन थालेको छ । नेपाल भरी जहा पनि सरकारले जनता प्रति गरेको कार्य अर्थहिन र चरित्रहिन रहेको प्रष्ट भएको छ । माहामारीमा हरेक देश आफनो जनताको भलो चिताउने गर्छ तर नेपालमा भ्रष्टाचार, अपहरण, राजनिति चलखेल, सत्तामोहको खेल मै लिप्त छन् यहाँका नेता मन्त्रीहरु यस्तो भाँडभैलो कार्यले के देश र जनता खुसी होलान र ? पक्कै होइन । यो लाकडाउनको परिस्थितिले भोखमरीको साथ साथै हरेक जसो ठाउमा महिला हिंसा, बलात्कार, चोरी जस्ता कार्यहरु बढेको छ । जनतको मान्सिक अवस्था समेत बिग्रने खतरा रहेका छ । तसर्थ सरकारले यो माहामारीमा आफनो पुच्छर सिधा गर्नु तिर लाग्नु भन्दा पनि तत्काल लकडाउनको सही तरिका र जनताको समस्या समाधान गर्ने खाल्को तायारीहरु तत्काल गर्नु पर्ने देखिन्छ । देशकोमा आउने आर्थिक संकट बाट बच्न समाजिक दुरिकायम गरि देशको कलकारखाना संचालनमा लयाउनुपर्दछ । देशका खतरा मुक्त क्षेत्रमा लकडाउन अतिआवश्यक परेको खण्डमा हल्का खुकुलो पारी पूर्ण सावधानीका साथ जनताको दैनिकी सुरु गर्न सरकार सङ्ग आम आदमी पार्टी नेपालको सुझाव रहेका छ । आम आदमी पार्टी नेपाल: नरेश यादव – जिल्ला अध्यक्ष धनुषा

Leave a Comment