![]()
pnews/Saptari : १३४ वर्षअगाडि अमेरिकाको सिकागोका मजदुरहरूले सुरु गरेको मजदुर आन्दोलन एवं सहादत प्राप्त गरेका मजदुर नेताहरूको स्मरण एवं सम्मानमा आज मे १ का दिन संसारभरि नै अन्तर्राष्ट्रिय श्रमिक दिवस मे दिवस मनाइँदै । यस वर्षको मे दिवस मनाउँदै गर्दा विश्व कोरोना भाइरसको महामारीबाट प्रताडित छ । कोभिड–१९ को संक्रमणलाई रोक्न कुनै औषधि एवं खोपको अन्वेषण हालसम्म हुन सकेको छैन । महामारी र लकडाउनका कारण सम्पूर्ण उद्योगधन्दा, कलकारखाना, व्यापार, व्यवसाय, शैक्षिक प्रतिष्ठान बन्द छन् । ज्याला तथा करारमा कार्यरत असंगठित क्षेत्रका मजदुर, स्वरोजगार, साना तथा मझौला उद्योग व्यवसायलगायत ठूलाठूला उद्योग तथा व्यापारिक प्रतिष्ठानमा कार्यरत करोडौं मजदुरको रोजगारी गुमेको छ । हालसम्मको अवस्थालाई मूल्यांकन गर्दा संसारभरिका करिब ३० करोड नागरिक गरिबीको रेखामुनि झर्नेछन् ।
कोभिड–१९ को महामारी बढ्दै गएमा वा लकडाउनको अवधि लम्बिँदै गएमा यो संख्या निरन्तर बढ्नेछ । लाखौंलाई रोजगार प्रदान गर्दै आएको कृषि क्षेत्रसमेत कोभिड–१९ को मारमा परेको छ । सिजनमा उत्पादन गर्ने चिया व्यवसाय र चिया मजदुरको अवस्था पीडादायक छ । कुखुरापालन व्यवसाय, तरकारी व्यवसाय, दुग्ध व्यवसाय, पशुपालन व्यवसाय उठ्नै कठिन हुने गरी थला परेको छ । विश्व भरी महामारीको रूपमा फैलियेको कोरोना भाईरससङ सिङो मानव जाती नै जुद्धी रहेको बेला नेपालको राजनितिक रबैया ले नेपाल को अर्थतन्त्र संकट मा पर्ने अबस्था आएको छ । नेपालको अर्थतन्त्र हेर्दा रेमिटान्स र राज्शव को भर मा चलेको छ । देश बिदेशमा मजदुरहरुको उद्दार र नेपाल मा कोरोना लाई नियन्त्रन मा ल्याई उधोग , व्यबसाय तथा कलकारखाना हरु सन्चालन मा लयानु को सट्टा अध्यादेश ल्याउनु दुर्भाग्य को कुरा हो । अहिले को अबस्था मा यस्तो राजनितिक रबैया छोड्नु नै बेस होला । देश बिदेश मा रहेको मजदुरहरु को उद्दार तथा कोरोणालाई नियन्त्रणमा ल्याई उधोग व्य्बसाय तथा कलकारखाना सन्चालन मा ल्याउन नै सरकारको ठुलो उपलब्धि हुनेछ ।
