![]()
peoples News : नेपालमा उदयपुर जिल्लामा थप एकजनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो सङ्क्रमित ३३ वर्षीय पुरुष रहेको बताइएको छ । योसँगै उदयपुर जिल्लामा १४ जनामा सङ्क्रमण भेटिइसकेको छ । देशभरिमा कुल सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ भने चारजना निको भइसकेका छन् । वीरगञ्ज र उदयपुरमा नमुनाहरूको जाँच यसअघि वीरगञ्जमा तीनजना तथा उदयपुरमा
एक दर्जनभन्दा धेरैमा सङ्क्रमण देखिएपछि ती दुई स्थानमा सङ्क्रमितहरूको सम्पर्कबारे सूचना लिएर शङ्कास्पदहरूको नमुना जाँच भइरहेको बताइएको छ । जसअनुसार वीरगञ्जमा २२१ जना र उदयपुरमा थप एक सयसहित ३२० जनाको पीसीआर विधिमार्फत् जाँच भइरहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । ती स्थानमा आरडिटीबाट पनि अन्यको परीक्षण भइरहेको बताइएको छ । bbc