![]()
www.pnews.com.np : kathmandu : देश कोरोना माहामारीको चपेटामा परेको बेला देशका भविष्य बनाउने मन्त्री देखि संसद, मेयर, वडा अध्यक्ष, पुलिस प्रशासन राहतको नाममा भ्रष्टाचार गर्ने सम्ममा मात्र सिमीत देखियो । जनता लकडाउनको सामना गरी कतिको गरीब जनता भोक भोकै मर्ने अवस्था छ लकडाउनको बेला जो जहाँ छन त्यही सुरक्षित रहने हो तर पुलिस प्रशासनले दुई चार पैसा घुसलिई रातको समय बसमा कोची कोची जिल्ला जिल्ला मान्छे पठाउनाले अझ संकट निम्तयाउने बाहेक केही देखिएन जो जहाँ छन त्यही सुरक्षित राखेर सरकारले राहत दिई कोरोनाबाट बच्ने बाटो देखाएनु पर्छ । तर सरकार आफ्नो जिम्मेदारीबाट सरासर भागि रहेको देखियो ।
आम आदमी पार्टी नेपालको केन्द्रीय अध्यक्ष अशोक कुमार यादव ज्यूको भनाईमा । प्रधानमंत्री केपी ओली ज्यूको केही दिन मात्रै भयो किडनी ट्रांसप्लांट हामीलाई लाग्दैन वहाले आफ्नो लागि भ्रष्टाचार गरि टुकुटी भर्ने हो र पकै छैन होला तर वहाका मन्त्री मण्डल चरम भ्राष्टाचार गर्ने गरेको देखियो । नेपाल सरकारको मन्त्री मण्डलले ईमानदारी पूर्वक काम नगर्नुमा पुरा पुरा दोष प्रधानमंत्रीलाई नै जाने हो । प्रधानमंत्री ज्यू आफू बिरामी भएर जिमेदारी पुर्वक देशकोलागि काम गर्न सक्दैन भने दिई यस्तो अवस्थामा ईमानदार मन्त्री र स्वास्थ्य प्रधानमंत्री दिनु जरूरी छ । अन्यथा देशमा कोरोनाको साथै देशमा छुट्टै माहामारीको उदय हुने पक्का देखिन्छ ।