सेन वंशको इष्टदेवी : राजदेवी मन्दिर, राजविराज

Loading

www.pnews.com.np : राजदेवी मन्दिर सप्तरी जिल्लाको सदरमुकाम राजविराजको राजदेवी टोलमा पर्छ । प्राचीन इतिहास बोकेको यस मन्दिरको नामबाटै राजविराज नगरको नाम राखिएको हो । राजदेवी मन्दिर भित्र रहेको भगवतीलाई सेन वंशको इष्टदेवी मानिन्छ । राजदेवी मन्दिर यहाँ रहनुको प्रमुख कारण यहाँ सेन राजाहरूको कचहरी, किल्ला र दरवार रहनु हो । यस मन्दिरमा रहेको भगवतीलाई मनोकामना पूरा गर्ने देवी मानिएको हुॅदा नेपाल र भारतका आमजनमानसको ठुलो आस्था रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान चाड दशैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ । प्राचीन इतिहास र किम्वदन्तीका अनुसार राजदेवी मन्दिरको उत्पति सेन वंशको समयमा भएको देखिन्छ ।

Leave a Comment