कोरोनाभाइरस महामारी स्पेन, फ्रान्समा सङ्कटकाल

Loading

www.pnews.com.np : युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले इटलीको अनुसरण गर्दै कोरोनाभाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्धहरू लागु गरेका छन् । स्पेनले सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । स्पेनमा अहिलेसम्म १९१ जनाको कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड-१९ बाट मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युरोप अहिले कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु बनेको जनाएको छ ।

महामारीबाट सर्वाधिक प्रभावित देशमध्ये इटलीपछि स्पेन आउँछ । फ्रान्समा ९१ जनाको मृत्यु भएको छ। त्यहाँ क्याफे, रेस्टुराँ, चलचित्रघर र अधिकांश पसलहरू बन्द भएका छन् । इटलीमा १,४४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। सोमवारदेखि त्यहाँ देशव्यापी बन्द लागु गरिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले महामारी नियन्त्रण गर्न आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन् । यूकेमा २४ घण्टामा मृत्यु हुने मानिसको सङ्ख्या दोबर भएको छ। अहिलेसम्म त्यहाँ २० जनाको मृत्यु भएको पुष्टि भएको छ । दुई सय जनाभन्दा बढी वैज्ञानिकहरूले सरकारलाई महामारी नियन्त्रण गर्न कडा उपायहरू अवलम्बन गर्न आग्रह गरेका छन् ।

कोरोनाभाइरस सङ्क्रमणको उद्गमस्थल मानिएको चीनमा स्थानीय मानिसमा भन्दा बाहिरबाट आउने मानिसमा सङ्क्रमण बढी देखिन थालेको छ ।

स्पेनमा कस्ता उपाय ?

चार करोड ६७ लाख जनसङ्ख्या भएको स्पेनमा ६,३०० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ । शनिवार राति प्रधानमन्त्री पेद्रो सान्चेजी पत्नी बेगोना गोमेजलाई पनि सङ्क्रमण भएको पुष्टि भयो ।

सरकारका अनुसार दुवै जना मड्रडस्थित प्रधानमन्त्रीको निवासमा बसिरहेका छन् र उनीहरू अवस्था ठिकै छ । शुक्रवार साँझ थप १,८०० जनामा सङ्क्रमण भएको पुष्टि भयो । तीमध्ये अधिकांश मानिस राजधानीमा छन् । सङ्कटकाल घोषणा भएकाले सरकारले नागरिकहरूलाई आवश्यक उपभोग्य सामग्री र औषधि किन्न वा काममा जानबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । सबै सङ्ग्रहालय, सांस्कृतिक केन्द्र, खेलकुदस्थल बन्द हुनेछन्। रेस्टुराँ र क्याफे होम डेलिभरी मात्र गर्न पाउनेछन् । ब्याङ्क र इन्धन भर्ने स्टेशनहरू खुला रहनेछन्। देशभरि विद्यालयहरू बन्द भइसकेका छन्।

  • संवेदनशील विवरण चोर्न कोरोनाभाइरस महामारीको यसरी आड लिन्छन् ह्याकरहरू
  • कोरोनाभाइरस सङ्क्रमणका कारण अमेरिकामा सङ्कटकाल घोषणा प्रधानमन्त्रीले सबैलाई आफ्ना सैद्धान्तिक मतभिन्नतालाई बिर्सेर एकजुट हुन र नागरिकलाई प्राथमिकता दिन आह्वान गरेका छन् । सङ्कटकाल दुई हप्ताका लागि लगाइएको हो। आवश्यक परे संसद्को स्वीकृतिमा लम्बिन सक्छ । स्पेनमा सन् १९७५ मा राजनीतिक परिवर्तन सुरु भएयता दोस्रो पटक सङ्कटकाल लगाइएको हो। पहिलो पटक सन् २०१० मा हवाई सेवामा कार्यरत एअर ट्राफिक कन्ट्रोलरहरूले हडताल गरेको बेला लगाइएको थियो ।
  • फ्रान्समा के हुँदैछ ? : झन्डै छ करोड ३५ लाख जनसङ्ख्या भएको फ्रान्समा ४,४०० जनाभन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । प्रधानमन्त्री इन्वार फीलीपले कोभिड-१९ का कारण सघन उपचार गराउनुपर्ने बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको बताएका छन् । शनिवार रातिदेखि फ्रान्समा रेस्टुराँ, क्याफे, चलचित्रघर र रात्रिक्लब तथा अत्यावश्यक बाहेकका व्यवसायहरू बन्द भएका छन् । तर खाद्यपदार्थ बेच्ने पसल, औषधि पसल, ब्याङ्क, चुरोट पसल र इन्धन बेच्ने स्थानहरू भने खुल्नेछन् । प्रधानमन्त्री फीलीपले सकेसम्म कम यात्रा गर्न आग्रह गरेका छन् । उनले महामारीको गतिलाई सुस्त बनाउन मानिसहरूबीच दूरी घटाउनुपर्ने सुझाव दिएका छन् ।

तर पूर्वनिर्धारित योजनाअनुसार आइतवार स्थानीय निर्वाचन हुने उनले बताए । धार्मिक स्थलहरू खुला रहनेछन् तर तिनमा भेला र अन्य समारोह स्थगित गरिएको छ । सोमवारदेखि देशैभरि विद्यालयहरू बन्द हुनेछन् । फ्रान्समा शनिवार सङ्क्रमित व्यक्तिको सङ्ख्या ३,६६२ बाट ह्वात्तै बढेर ४,४९९ पुग्यो तथा १२ जनाको मृत्यु भयो । फ्रान्समा अहिलेसम्म कुल ७९ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएका छन् । BBC

Leave a Comment