कुलमानको समर्थनमा सांसद बिरुद्ध सडकमा उत्रिने जनताद्वारा चेताबनी

Loading

काठमाडौ । हिजो संसदीय लेखा समितिको बैठकमा संसदहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ अर्ब बक्यौता रकम उठाउन नसकेको भन्दै उनैले खाएको जसो गरेर भ्रष्ट्राचार गरेको आरोप लगाए । उनीहरुले अख्तियारलाई मुद्दा चलाउन निर्देशन दिए । त्यस्तै पूर्व कार्यकारी निर्देशकलाई पनि मुद्दा दायर गरी कारवाही गर्न भनेको छ

 

२० घण्टा सम्म लोडशेडिङ गरी राजधानी लगायत नेपाल भरीका जनतालाई अन्धकारमा राख्ने विद्युत प्राधिकरण जब कुलमान घिसिङ आउनु भयो त्यसपछि विस्तारै देशलाई लोडसेडिङ मुक्त गराउन सफल उनै घिसिङ हुनुहुन्छ । उहाँलाई नेपाली जनताले मुलुकको रियल हिरो भनेर बखान गरिरहेका छन् । तर बक्यौत नहुठ्नुलाई भ्रष्ट्राचार जस्तो गम्भिर आरोप लगाउने नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल लगायत थुप्रै नेपाली कांग्रेसका सांसदहरु छन् ।

  1. उनीहरुलाई अहिलेको नेपाली जनताले खुबै आलोचना गरिरहेका छन् । कुलमान जस्ता देशका नायकलाई समेत काम गर्ने वाताबरण नदिने र अझै नेपाललाई अन्धकार बनाउँने खेल भइरहेको जनताहरुको आक्रोश छ । अन्यायपूर्ण आरोप लगाए नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने षड्यन्त्र भइरहेको जनताको बुझाई छ । यसैले अहिले सामाजिक सञ्जालमा कुलमानलाई हटाउँन खोजियो भने ३ करोड जनता सडकमा उत्रिन बाध्य हुने घोषणा जनताले स्वस्फुर्त गरिरहेका छन् ।

Leave a Comment