राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारवाही गर्ने प्रमको चेतावनी

Loading

peoples news ktm काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।

प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कार्वाही गर्ने दृढता व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानको गैरजिम्मेवार कामको छानविन गर्न गठित समितिले आफूलाई नबुझाई प्रतिवेदन संचार माध्यामहरुमा सार्वजनिक गरेकोमा पनि आपत्ति जनाए।

मंगलबार काठमाडौंमा आयोजित प्रतिष्ठानको तेस्रो सभामा बोल्दै प्रधानमन्त्री ओलीले कूलपति समेत रहेको आफूलाई नबुझाई सो प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै आफूलाई सैह्य नहुने पनि स्पष्ट पारे। ‘यो छानविन समिति होकी राजनीतिक?’ छानवीन समितिप्रति प्रधानमन्त्री ओलीको आक्रोशसहितको प्रश्न थियो।

प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराए। उनले सरकार कसैको दवाव र प्रभावमा नपर्ने भएकाले सोही अनुसार काम गर्न पनि सबैलाई सचेत गराए। प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको केन्द्रको रुपमा विकास गर्न चाहेकाले सोही अनुसार काम गर्न पनि सचेत गराए।
sabhar nagrik news

Leave a Comment