![]()
peoples news ktm ; बर्दिया — सँगै बाँच्ने–मर्ने वाचा गरेका प्रेमीले साथीलाई बोलाएर प्रेमिकाको सामूहिक बलात्कार गरेका छन् । बढैयाताल गाउँपालिका—८ पशुपतिबजार देखि २ सय मिटर दक्षिणमा प्रेमीको घरमा १८ वर्षीया किशोरी बलात्कृत भएकाे प्रहरीले जनाएको छ ।
प्रहरीले सामूहिक बलात्कारका अभियोगी सोही ठाउॅका २४ वर्षीय अशोक सुनार र २२ वर्षीय श्रीधर थापालाई पक्राउ गरेको छ। ती किशोरीलाई विवाह गर्ने भन्दैघरमैसाथीसहित पालैपालो बलात्कार गरेको प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए।
सुनारका बाबु अर्को विवाह गरि अन्यत्र बस्दै आएका थिए भने आमा विदेशमा रोजागारी गर्न गएकी छिन्। सुनार घरमा एक्लै बस्दै आएका थिए। उनले विवाह गर्छु भनेपछि ती किशोरी घर छाडेर आएकी थिइन्।‘किशोरीलाई दुईवटा कोठामा पालैपालो बलात्कार गरिएको अनुसन्धानमा देखिएको छ,’ प्रहरी निरीक्षक वलीले भने, ‘साथीलाई यौन सम्पर्क गर्न दिए विवाह गर्ने भनेर बाध्य गराएको देखिन्छ।’
बलात्कार भएको भोलिपल्ट विहे पछि गर्छु अहिले घर जाउ भनेपछि किशोरी रुन थालेपछि प्रहरीलाई जानकारीभएकाे थियाे। सामूहिक बलात्कार गरेको अभियोगमा सुनार र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवैजनाविरुद्ध सामूहिक बलात्कारको अभियोगमा मुद्दा दायर गरेको प्रहरी निरीक्षक वलीले बताए। shrot kantipur