![]()
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण संस्थालाई कोरोना संक्रमणबाट विद्यार्थीलाई जोगिने तरिका सिकाउन अनुरोध गरेको छ । मन्त्रालय कोरोनाको संक्रमण रोक्न गर्नु पर्ने कार्य, स्वास्थ्यका दृष्टिले सुरक्षित हुन अपनाउनु पर्ने सावधानी उल्लेख गर्दै विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावकलाई ६ बुँदे अनुरोध सार्वजानिक गरेको हो ।

मन्त्रालयले ज्वरो, रुघाखोकी लागेमा विद्यार्थीलाई तत्काल विद्यालय, शिक्षण संस्थाबाट अलग राखेर उपचार गर्न आग्रह गर्दै अभिभावक भेला, वार्षिकोत्सव, सांस्कृतिक कार्यक्रम नर्गन अनुरोध गरेको छ । साथै मन्त्रालयले यसअघिनै विद्यालयलाई कक्षा १ देखि ९ सम्मको विद्यालयस्तरीय परीक्षा आगामी चैत ५ भित्र सक्न निर्देशन दिइसकेको छ ।