![]()
सशस्त्र प्रहरी बल (बीओपी) टांघनडुब्बा झापामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईंविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनले व्यापार व्यवसायमा
सहजीकरण गरिदिने नाममा सेवाग्राहीसँग ५० हजार रुपैयाँ लिएको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ मा उल्लेख भएबमोजिम ऐनको दफा ३ को उपदफा (१०) र दफा ३ को उपदफा (१०) को खण्ड (ख) बमोजिम हुने सजायको आधा सजाय हुन मागदाबी लिर्इ आरोप पत्र दायर गरिएको छ । naya patrika