‘आत्तिनु पर्दैन, ६ महिनासम्म औषधि पुग्छ’ : औषधि उत्पादक संघ

Loading

नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधि अभाव नहुने बताएको छ । भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा औषधि अभाव हुने आकलन भइरहेका वेला संघले यस्तो बताएको हो । संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताए । उनले भने, ‘कच्चापदार्थ र तयारी वस्तु गरेर हामीसँग मौज्दात भएको ३ महिनाका लागि हो । भर्खरै नेपाल औषधि व्यवसायी संघले पनि प्रेस विज्ञप्ति जारी गर्दै ३ महिनाका लागि छ भनेर भनेको छ । भनेपछि नेपालमा यी वस्तुहरु ६ महिनासम्म पुग्छन् । हामी आत्तिनुपर्ने अवस्था छैन ।’

संघका महासचिव विप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको बताए । अफ्ठ्यारो अवस्थामा सरकारले विदेशमा माग्नुभन्दा नेपाली उद्योगीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए । ‘विदेशीले जुनसुकै वेला रोक्यो भने पनि तयार छौँ । हार गुहार गर्नुपर्ने अवस्था छैन । सरकारले प्रोत्साहन ग¥यो भने २ वर्षमा नेपाली औषधि उद्योगहरुलाई पूर्णरूपले आत्मनिर्भर बनाउँछौँ ।’ चीनको वुहान सहरबाट फैलिएको कोरोनाको संक्रमणले विश्वलाई त्रसित बनाएको छ । भारतले पनि २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगएपछि नेपाली बजारमा औषधि अभाव हुन सक्ने आशंकावीच संघले ६ महिनासम्म कुनै अभाव नहुने बताएको हो । naya patrika

Leave a Comment